Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै पोलमा चढेकी युवतीको उद्धार

लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै पोलमा चढेकी युवतीको उद्धार

images

इच्छाकामना न्युज

२६, श्रावण २०८१
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै पोलमा चढेकी युवतीको उद्धार
images

काठमाण्डौँ । काठमाडौंको माइतीघर मण्डला स्थित राष्ट्रिय झन्डा राखिएको पोलमाथि चढेर आत्मदाह गर्ने प्रयास गर्ने एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

शनिबार दिउँसो तारा शाही नाम गरेकी एक महिला ‘हामफालेर मर्छु’ भन्दै पोलमाथि चढेकी थिइन्। उनी दुई वर्षदेखि प्रेम सम्बन्धमा थिइन्। तर, उनका प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि उनी विगत एक महिनादेखि माइतीघरमा विरोध गर्दै आएकी थिइन्।

शनिबार, शाहीले झन्डा पोलमा चढेर हामफाल्ने प्रयास गरिन्। उनले माइतीघरमा राखिएको आफ्नो ब्यानर हराएको भन्दै पोलमाथि चढेकी थिइन्।

माइतीघरमा अन्य प्रदर्शनहरू पनि भइरहेकाले आसपासै रहेका प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए। प्रारम्भमा उनले झर्न अस्वीकार गरेकी थिइन्। महिला प्रहरीको सहयोगमा उनको उद्धार गरिएको थियो।

उनी पोलबाटै हामफाल्ने डरले उनलाई डोरीले बाँधेर सुरक्षित रूपमा तल झारिएको थियो। यसअघि पूर्व न्यायाधीश भुवन गिरीको श्रीमती आरती रावल पनि त्यही पोलमा चढेकी थिइन्। उनलाई पनि प्रहरीले सकुशल उद्धार गरेको थियो।

images
प्रकाशित मिति :श्रावण २६, २०८१ शनिवार - २१:४६:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology