Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता हो : मुख्यमन्त्री लामा

आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता हो : मुख्यमन्त्री लामा

images

इच्छाकामना न्युज

२५, श्रावण २०८१
आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता हो : मुख्यमन्त्री लामा
images

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताएका छन् । 

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले आयोजना गरेको ३०औँ विश्व आदिवासी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भाषा साहित्यमा धनी समुदाय भएर पनि यसको संरक्षण हुन नसक्दा भाषा लोप हुने अवस्थामा आइपुगेको बताएका हुन् । 

453654006_459768813722350_6328341210045736002_n.jpg

एउटा समुदायको भाषा अर्को समुदायले प्रष्ट नबुझ्दा कतिपय नामथर र स्थानको नाम बिग्रिएको बताउँदै त्यसका लागि आदिवासी जनजातिका भाषालाई गैरआदिवासी जनजातिलाई पनि बुझाउन आवश्यक रहेको उनले बताए । 

नारायणी कला मन्दिरमा भएको कार्यक्रममा चितवनका विभिन्न जातजातिले आ–आफ्ना साँस्कृतिक प्रस्तुति दिएका थिए । महासंघका अध्यक्ष महेन्द्र दुराका अनुसार २०५५ सालमा स्थापना भएको महासंघमा हाल १७ जाति सांगठनिकरूपमा आवद्ध भएका छन् । करिब ४० आदिवासी जनजातिको बसोबास रहेको चितवनमा अन्य जातिलाई पनि समेट्ने प्रयास भइरहेको अध्यक्ष दुराले जानकारी दिए ।

453653982_8081318931890713_2944876799870412999_n.jpg

images
प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - २२:३०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology