Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा डेङ्गु संक्रमण तीब्र फैलिदै, ३५५ जनामा संक्रमण

आँबुखैरेनीमा डेङ्गु संक्रमण तीब्र फैलिदै, ३५५ जनामा संक्रमण

इच्छाकामना न्युज

२५, श्रावण २०८१
आँबुखैरेनीमा डेङ्गु संक्रमण तीब्र फैलिदै, ३५५ जनामा संक्रमण
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा तीब्र गतिमा डेङ्गु संक्रमण फैलिएको छ । पालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायका अनुसार आँबुखैरेनी गाउँपालिकामा ३५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । 

images
images

असार र साउनमा मात्र ३५५ जनामा डेङ्ग् पोजेटिभ देखिएको उनले बताए। ‘हाम्रोमा डेङ्गुको संक्रमण दिनप्रति दिन बढ्दो छु’ –उनले भने ‘पालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताल र अरु स्वास्थ्य संस्थाहरुमा डेङ्गुका बिरामीको भिड बढेको छ ।’ डेड्गु नियन्त्रणका लागि पालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको उनले बताए । 

डेङ्गु बढ्न थालेपछि आँबुखैरेनी गाउँपालिकाले नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । ‘डेड्गु नियन्त्रणका लागि पालिकाले ‘लाम्खुट्टे खोज र नष्ट गर’ अभियान संचालन गरेको छु’ –उनले भने, ‘अभियान अन्तरगत पानी जम्ने ठाउँ सफा गर्ने, ग्यारेजका राखिएका ड«महरु छोप्न लगाउने र पानी जमेका खाल्डाहरु पुर्ने लगायतका कामहरु गरेका छौं।’ 

यस्तै, माइकिङ गरेर समेत सचेतना फैलाइएको उनको भनाई छ । डेङ्गुका बिरामीहरुलाई पालिका स्थित आँबुखैरेनी अस्पतालमा सहुलियतमा सेवा दिईरहेको पालिकाले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - ११:४५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology