Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

यस्तो छ ओली–नेपाल अभिनित ‘नमेटिने घाउ’को ट्रेलर (भिडिओसहित)

यस्तो छ ओली–नेपाल अभिनित ‘नमेटिने घाउ’को ट्रेलर (भिडिओसहित)

इच्छाकामना न्युज

२५, श्रावण २०८१
यस्तो छ ओली–नेपाल अभिनित ‘नमेटिने घाउ’को ट्रेलर (भिडिओसहित)
images

रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । जसमा तेजाब पीडितहरूको कथा र पीडालाई प्रस्तुत गरिएको छ ।

images
images

के कारणले युवती वा युवकविरुद्ध एसिड प्रहार हुन्छ? एसिड प्रहार भएपछि पीडितहरूले न्याय पाउन भोग्नुपरेका सास्ती ट्रेलरमा देखाइएको छ । फिल्ममा पर्साकी तेजाबपीडित मुस्कान खातुनलगायत मुख्य कलाकार छन् ।

त्यसैगरी विशेष भूमिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई पनि ट्रेलरमा छन् ।

एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित गरेको प्रदर्शनमा यी नेताहरूको समर्थन र योगदान फिल्ममा देखाइएको छ ।

तेजाब पीडितहरूको कथामा आधारित यस फिल्मको कथा शिवन अधिकारीले लेखेका हुन् । फिल्ममा खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाललगायतले अभिनय गरेका छन् ।

सत्य घटनामा आधारित यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जनाको पीडा समेटिएको ढुंगानाले जानकारी दिए । रमितकै निर्माण रहेको यो फिल्म भदौ ७ गते रिलिज हुँदै छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - ११:२४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology