Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एक महिने लामो गुँंला पर्व आजदेखि सुरु

एक महिने लामो गुँंला पर्व आजदेखि सुरु

इच्छाकामना न्युज

२१, श्रावण २०८१
एक महिने लामो गुँंला पर्व आजदेखि सुरु
images

काठमाण्डौ । एक महिने लामो गुँंला पर्व आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदा पारुबाट यो पर्व सुरु हुने गरेको छ।

images
images

पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँंठाउँंमा बाजा बजाएर नगर परिक्रमा गर्ने चलन छ। प्रत्येक दिन बिहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बीहरूले आफनो छुटाछुटै रुपमा बहाबहीहरूको परिक्रमा गर्ने गर्दछन्।

गुला बाजा टोलीमा बाँसुरी, खिं (एक प्रकारका मादल) लगायतका बाद्यबादन बजाई एक टोली जाने गर्दछन्। काठमाडौ उपत्यकामा विशेष गरेर शाक्य र बज्राचार्य थर भएका समुदायले बाजा बजाउने चलन छ।

पर्वका क्रममा दैनिक बिहान बाजागाजा बजाई मठमन्दिर, वौद्ध विहार र चैत्यमा जाने गर्दछन्। शाक्य बज्राचार्यबाहेक यो बाजा कंशाकार, मानन्धर अनि प्रजापति थरका समुदायले पनि बजाई छुटाछुटै रुपमा परिक्रमा गर्ने गर्दछन्। उनीहरू पनि यसरी नै आआफ्नो क्षेत्रका बहाबहीमा बाजागाजा बजाई नगर परिक्रमा गर्ने गर्दछन्।

गुँंला बाजाको टोलीले नाग पञ्चमीका दिन भक्तपुरको चाँगुनारायण, जनैपूर्णिमा पाटनको बङ्गलामुखी मन्दिर पुग्ने गर्दछन्। साथै कृष्ण जन्माष्टमीका दिन काठमाडौंको स्वय्म्भुनाथ, विजेश्वरी, शोभा भगवती, मरुगणेश, जनबाहाल, सेतो मच्छिन्द्रनाथ परिक्रममा गरिने चलन छ।

साथसाथै यो अवधिमा भक्तपुरको सूर्यविनायक, राममन्दिर, नवदुर्गा देवता घर, दत्तात्रय, पाचतल्ले मन्दिर, कमलविनायक परिक्रममा गरिने परम्परा छ। अन्तिम दिन गुला प्रतिपदाका दिन ललितपुरको बुङ्मती, कार्यविनायक, खोकना, जलविनायक हुदै चोभारको करुणामय (आदित्यनाथ) परिक्रमा गर्ने परम्परा रहेको छ।

images
प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - ०८:११:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology