Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते हुने

कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते हुने

images

इच्छाकामना न्युज

१९, श्रावण २०८१
कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते हुने
images

काठमाडौँ । कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरेका वा दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा नन ग्रेडेड वा कुनै एक विषयमा अनुपस्थित भएका विद्यार्थीहरूले मात्रै पूरक परीक्षा दिन पाउने जनाएको छ ।

बोर्डका अनुसार भदौ २५ गते अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यही दिन एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको पनि परीक्षा हुनेछ । त्यस्तै, दुई विषय परीक्षा दिनुपर्नेमा सानो कोड नम्बर भएको तर अनिवार्य अंग्रेजी र नेपाली दुवै परीक्षा दिनुपर्नेले अंग्रेजी (००४१) र दोस्रो दिन नेपाली (००२१) विषयको परीक्षा हुने बोर्डले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।

 

भदौ २६ गते भने दुई विषयको परीक्षामध्ये ठूलो कोड नम्बर भएको विषय हुनेछ । यस दिन अंग्रेजीको परीक्षा हुने छैन ।

images
प्रकाशित मिति :श्रावण १९, २०८१ शनिवार - ०७:१९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology