Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गेष्ट हाउसमा मृत भेटिएका युवा-युवती ‘दाजुबहिनी’

गेष्ट हाउसमा मृत भेटिएका युवा-युवती ‘दाजुबहिनी’

images

इच्छाकामना न्युज

१९, श्रावण २०८१
गेष्ट हाउसमा मृत भेटिएका युवा-युवती ‘दाजुबहिनी’
images

काठमाडौं । काठमाडौँको सिनामंगलमा शुक्रबार दिउँसो मृत भेटिएका युवक र युवती नजिकका दाजुबहिनी भएको खुलेको छ । उनीहरु बाजुराको त्रिवेणी नगरपालिका-४ का दाजुबहिनी भएका खुलेको हो ।

प्रहरीकाअनुसार २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९ वर्षीया करिस्मा सार्की काठमाडौँ महानगरपालिका–९ शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा मृत भेटिएका थिए । गेस्ट हाउसको कोठा नम्बर २०४ मा करिस्मा घाँटी काटिएको र भरत झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । करिस्मा आफ्ना दुई भाइसँग काठमाडौंमा बस्दै आएको पाइएको छ ।

भरत रोजगारीका लागि भारतको मुम्बईमा थिए । चार वर्षअघि मुम्बई गएका उनी गाउँ फर्किएका थिएनन् । अहिले उनी काठमाडौं आएको पनि परिवारलाई जानकारी नभएको खुलेको छ । भरत र करिस्मा नजिकका दाजुबहिनी भएको उनीहरुको आफन्तले जानकारी दिएका छन् । तर उनीहरुबीच सम्बन्ध रहेको हल्ला थियो ।

उनीहरू धेरै नजिक भएको हल्ला चलेपछि आफूहरुले घरमै उनीहरूलाई सम्झाएको र त्यसपछि मुम्बई गएको भरत गाउँ नफर्किएको उनीहरुको भनाइ छ । अहिले काठमाडौँ आएको पनि आफूहरुलाई जानकारी नभएको उनीहरुले बताएका छन् । घटनाबारे जानकारी पाएपछि परिवारलाई खबर गरिसकेको वडाध्यक्ष गणेशबहादुर साउदले जानकारी दिए ।

करिस्मा र भरत साउन १५ गतेदेखि नै उक्त गेस्ट हाउसमा बसेको सञ्चालकले जानकारी दिएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०८१ शनिवार - ०७:११:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology