Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाह्रसिङ्गे कुरिनटारमा रक्तदान कार्यक्रम, १०४ जनाले गरे रक्तदान

बाह्रसिङ्गे कुरिनटारमा रक्तदान कार्यक्रम, १०४ जनाले गरे रक्तदान

इच्छाकामना न्युज

१३, श्रावण २०८१
बाह्रसिङ्गे कुरिनटारमा रक्तदान कार्यक्रम, १०४ जनाले गरे रक्तदान
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित कुरिनटारमा रहेको बाह्रसिंगे बियर फ्याक्ट्रीेको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो कल्याणकारी बचत बाह्रसिङ्गे भरतपुरको आयोजना र रेडक्रस सोसाइटी चितवनको प्राविधिक सहयोगमा आईतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

images
images

कार्यक्रममा १०४ जना रक्तदाताले रक्तदान गरेको बाह्रसिंगे बियर फ्याक्ट्रीका प्रबन्धक तथा हाम्रो कल्याणकारी बचतका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा ६७ जना नयाँ रक्तदाताले रगत दान गर्नु भएको छ । 

रक्तदान कार्यक्रममा रगत दान गर्न आग्रह गर्दै उहाँले पहिलो चोटी रक्तदान गर्ने व्यक्तिलाई रक्तदान गर्न सम्झाउन बुझाउन निकै मिहेनेत गर्नु परेको बताउनुभयो साथै अबको  रगत दान गर्न अर्को रक्तदान कार्यक्रममा यो संख्या दोब्वर हुने अपेक्षा गरेको पनि उहाँले बताउनुभयो ।

WhatsApp Image 2024-07-28 at 19.01.35_1aadcc92.jpg

यस्तै आजको रक्तदान कार्यक्रमबाट थप हौसला मिलेको भन्दै अर्को कार्यक्रम पनि छिट्टै गरिने कोषका सचिव बिष्णु भण्डारीले जानकारी दिनुभयो । १६ जना सदस्य रहेको बचत कोषमा बाह्रसिङ्गे बियर फ्याक्ट्रीमा कार्यरत कर्मचारीले नियमित बचतको बानी बसाउन दुई वर्ष अघि देखि सुरु गरेका थियो। कोषको उद्देश्य बचत मात्रै नभई नियमित सामाजिक क्रियाकलपहरू पनि गर्ने रहेको कार्यक्रमको अवसरमा उहाँले बताउनुभयो ।

स्मरण रहोस् १०० जना भन्दा माथी रगत दान गराउने सँस्थालाई रेडक्रस चितवनले बिशेष सम्मान पनि गर्ने गरेको छ।

WhatsApp Image 2024-07-28 at 19.01.35_ccc11ca0.jpg

images
प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - १९:५९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology