Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण !

वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण !

images

इच्छाकामना न्युज

८, श्रावण २०८१
वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण !
images

काजकस्थान मा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ ।  १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता अन्तर्गत बेन्च प्रेसतर्फ विश्वभरका खेलाडीहरूलाई पछि पार्दै केदारेश्वर मान स्थापितले स्वर्ण पदक सुरक्षित गर्नुभएको हो।

लामो समय खेलकुद क्षेत्रमा व्यतीत गरी मार्सल आर्टका ग्रान्ड मास्टरसमेत रहनुभएका स्थापितले यसअघि भारतमा भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा समेत नेपालको लागि पदक सुरक्षित गर्नुभएको थियो। यस प्रतियोगितामा नेपालबाट गएको टिमले करिब ११ वटा पदक प्राप्त गरेको समाचार छ भने खेलाडीहरू आज नेपाल फर्कने सूचना प्राप्त भएको छ।

 नेपालका लागि ठूलो मात्रामा पदक सुरक्षित गरी राष्ट्रको इज्जतलाई संसारभर उच्च पंक्तिमा राख्न सफल भएतापनि अधिकांश खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिएका हुन् जसमा राज्यको तर्फबाट कुनै सहयोग प्राप्त भएको छैन। आशा गरौं  अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरवलाई उच्च राख्दै चन्द्र सूर्य अङ्कित झण्डा फहराउने खेलाडीहरूलाई  देश फर्केपछि नेपाल सरकारले न्यायपूर्ण रूपमा सम्बोधन गर्नेछ।

images
प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - ०६:५६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology