Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आव २०८०।०८१ मा इच्छाकामनाको समग्र प्रगती ८६ प्रतिशत, ९ करोड भन्दा बढि आन्तरिक आम्दानी

आव २०८०।०८१ मा इच्छाकामनाको समग्र प्रगती ८६ प्रतिशत, ९ करोड भन्दा बढि आन्तरिक आम्दानी

images

इच्छाकामना न्युज

७, श्रावण २०८१
आव २०८०।०८१ मा इच्छाकामनाको समग्र प्रगती ८६ प्रतिशत, ९ करोड भन्दा बढि आन्तरिक आम्दानी
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले आन्तरिक तर्फ ९ करोड बढी आम्दानी गरेको छ ।  गाउँपालिकाको सभाहलमा आज सम्पन्न वार्षिक समिक्षा कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त  बस्नेतले आर्थिक वर्ष २०८०।०८१ मा ९ करोड २६ लााख  आम्दानी गरेको बताउनुभयो ।  उहाँका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा ९ करोड ७३ लाख आन्तरिक आम्दानीको लक्ष्य राखेका थिए । 

यसै बिच गाउँपालिकाले उपभोक्ता मार्फत सञ्चालित आयोजनाहरु सो आर्थिक वर्षमा ९५ प्रतिशत सम्पन्न गर्न सफल भएको छ । निर्माण व्यवसायी मार्फत भएका ९ वटा योजना मध्ये ७ वटा सम्पन्न भएको र दुई चालु अवस्थामा रहेको छ ।  

गाउँपालिकाले सो आर्थिक वर्षमा पूर्वाधार तर्फ  १७८९.१० मिटर सडक कालोपत्र गरिएको छ भने ३५४७.३३ मिटर ढलान कार्य सम्पन्न भएको छ । १४३० मि. गोरेटोबाटो निर्माण र ६६,२१९ मिटर सडकबाटो मर्मत तथा सरसफाई गरिएको गाउँपालिकाले जनाएको छ । २७७ घनमिटर रिटेनिङ वाल र ४५४.५ घनमिटर ग्याभिङ जाली, १६ वटा  विद्यालय भवन मर्मत तथा निर्माण, ३१२ वटा धारा निर्माण,१३ वटा सामुदायिक भवन मर्मत तथा निर्माण,  ११ वटा आमा समूह भवन निर्माण गरिएको छ ।  

गाउँपालिकाले समग्र रुपमा ८६ प्रतिशत प्रगती गर्न सफल भएकोमा अध्यक्ष दान बहादुर गुरुङले सबै कर्मचारी र जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो । अध्यक्ष गुरुङले यो समिक्षाबाट आगामी वर्षका लागि शिक्षा लिन सकिने बताउनुभयो । आगामी आर्थिक वर्षमा ९० प्रतिशत भन्दा माथि  हुने गरि काम गर्नका लागि तयारी रहन कर्मचारीहरुलाई निर्देशन  दिनुभयो । साउन महिनादेखि नै तयारीमा लाग्न र भदौबाट ठूला ठेक्का पट्टाका कामहरु सुरु गर्ने गरि लाग्न आग्रह गर्नुभयो । चैत मसान्तमै योजनाका कामहरु सम्पूर्ण सक्ने गरि काम गर्ने उहाँको भनाई छ । गत आर्थिक वर्षमा पनि चैत मसान्तमा अधिकांश काम सम्पन्न भएको र केही ठेक्का पट्टाका काममा ढिला सुस्ती भएको उहाँको भनाई छ । 

कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुले वार्षिक समिक्षाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कृषि विकास शाखाका प्रमुख समिक्षा पौडेल, पशु विकास शाखाका प्रमुख डा। सुनिल ज्ञवाली, योजना शाखाका प्रमुख श्याम बहादुर खनाल, आर्थिक प्रशासन शाखा प्रमुख उद्गम तिमिल्सिना, पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियार कमल राउत, स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटा, सामाजिक विकास शाखा पार्वती मगराती, राजश्व उपशाखा प्रमुख रिता अर्याल नेपाल, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक आकाश शेरचन, व्यवसाय÷सहकारी उपशाखा प्रमुख दीपा चेपाङ, पञ्जिकरण उपशाखा प्रमुख राजकुमार गुरुङले सम्बन्धित शाखाहरुको  वार्षिक समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । 

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले मन्तव्य राखेका थिए । 

कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष पञ्च बहादुर चेपाङ, वडा न. ३ का वडा अध्यक्ष नर बहादुर नेपाल, वडा न. ५ का वडा अध्यक्ष तेज बहादुर शेरचन, वडा न. ६ का वडा अध्यक्ष लक्ष्मण चेपाङ, विभिन्न शाखाका कर्मचारीहरुको समेत उपस्थिति रहेका थिए ।   

*उल्लेखित समाचारको शीर्षकमा इच्छाकामना गाउँपालिकाको आव २०८०।०८१ मा समग्र प्रगती ८६ प्रतिशत हनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । –सम्पादक

images
प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - ०८:४०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology