Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

इच्छाकामना गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

इच्छाकामना न्युज

१, श्रावण २०८१
इच्छाकामना गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
images

कुनिरटार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभित्रका १६ महिनादेखि २३ महिना भित्रका बालबालिकालाई १५ महिनाभित्र प्राप्त गर्नुपर्ने सबै प्रकारका खोप लगाएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 

images
images

जिल्ला समन्वय समिति  चितवनका  प्रमुख  नारायणप्रसाद अधिकारीको  प्रमुख अतिथि तथा जनस्वास्थ्य कार्यालय चितवनका कार्यालय प्रमुख दिनेश रुपाखेतीको  विशिष्ट आतिथ्यता र  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको  सभातित्वमा घोषणासभा कार्यक्रम सम्पन्न भएको हो । 

IMG_0429.jpg

प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमा  बधाई तथा शुभकामना दिनुभयो ।  यस अभियान सफल बनाउन लागि पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय, इच्छाकामना गाउँपालिका, स्वास्थ्यकर्मीहरु,टोल विकास संस्था तथा शिक्षकहरुलाई सम्मानका साथ बधाई दिनुभयो । यससगैँ जिम्मेवारीकासाथ दिगोपनाका लागि यस अभियानमा लाग्न थप जिम्मेवार बोध गराएको बताउनुभयो ।   उहाँले आगामी दिनमा पनि यही अभियानमा लाग्ने प्रतिवद्धता जाहेर गरेकोमा  सबैलाई धन्यावाद  तथा  शुभकामना दिनुभयो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले  पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि सहयोग गर्नुहुने जनस्वास्थ्य कार्यालयका प्रमुख,इच्छाकामना गाउँपालिकाका स्वास्थ्यकर्मी स्वंयसेविकाहरु,कर्मचारी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु टोलविकास संस्थाका पदाधिकारीहरु लगायतलाई धन्यावाद दिनुभयो । उहाँले दिगोपना कसरी दिन सकिन्छ भन्ने कुरामा अझै सबै पक्षसँग छलफल गरेर काम गर्ने बताउनुभयो । 

जनस्वास्थ्य कार्यालय चितवनका कार्यालय प्रमुख दिनेश रुपाखेतीले गाउँपालिकाले पूर्णखोप सुनिश्चितता घोषणा गरेकोमा धन्यावाद दिनुभयो।  चितवनमा तेश्रो गाउँपालिकाको रुपमा घोषणा गर्न सफल भएकोमा  बधाइ दिनुभयो । यस अघि रत्नगर र खैरहनी नगरपालिकाले घोषणा गरिसकेको जानकारी दिनुभयो । 

 उहाँले जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरुलाई १३ वटा  रोग विरुद्धको खोप निशुल्क प्रदान गरेको बताउनुभयो ।  उहाँले एक पटक मात्र घोषणा गरेर मात्र नहुने भन्दै  बच्चाहरु जन्मिने कम जारी रहने र खोप लागाउनुपर्ने भएकाले  दिगोपना महत्वपूर्ण चुनौती रहेको  बताउनुभयो ।  उहाँले देशभर पूर्णखोप घोषणा गर्ने अभियानमा लागिरहदाँ  पनि देशभर ८० प्रतिशत मात्र बालबालिकाले पूर्णखोप पाएको बताउनुभयो ।

IMG_0436.jpg

२० प्रतिशत बालबालिकाले आंशिक मात्र खोप पाएका छन् भने ४ प्रतिशतले कुनै पनि खोप लगाएका  छैनन् ।  बागमती प्रदेशमा लगभग १० प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको  तथ्याङ्कले देखाएकोले बागमतीमा झन चुनैतीपूर्ण रहेको उहाँको भनाई छ ।   उहाँले गत बर्ष इच्छाकामनामा  दादुरा देखा परेको भन्दै घोषणा पछि त्यस्तो अवस्था आए लज्जास्पद हुने बताउनुभयो । दिगोपनाका लागि सबैले  अथक प्रयास गर्नुपर्ने बताउनुभयो। 

इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखा प्रमुख  हरि देवकोटाका अनुसार स्वास्थ्यकर्मीहरुले घरधुरी सर्बेक्षण गरि जम्मा एक हजार ६९१ जना बालबालिकाको खोपको विवरण हेरिएको थियो। जस मध्ये ३३ जना खोप छुटेका पाइएकोमा ती छुटेका लाई पनि खोप लगाई  पूर्ण खोप सुनिश्चितता बनाइएको थियो ।

कार्यक्रममा स्वस्थ्य शाखाका भक्त गुरुङले खोप सुनिश्चितताका लागि गाउँपालिकामा भएका गतिविधिका विवरणहरु प्रश्तुत गर्नुभएको थियो । कार्यक्रममा दिगोपनालाई आगमी दिनमा निरन्तर कायम राख्नका लागि  प्रतिवद्धता पत्रमा सामुहिक हस्ताक्षर समेत गरेका थिए  ।

कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, वडाध्यक्षहरुको तर्फबाट  वडा नम्बर  २ का वडाध्यक्ष पञ्च बहादुर चेपाङ, टोलविकास संस्थाको तर्फबाट कुरिनटार टोलविकास संस्थाकी शान्ता त्रिपाठी, विद्यालयहरुको तर्फबाट सर्वशान्ति माविका  प्रधानाध्यापक जोहन खरेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।  

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - २२:१५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology