कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा केहि महिना अघि स्थापना भएको व्यवसायीहरुको साझा संस्था इच्छाकामना चेम्बर अफ कमर्सको पहिलो अधिवेशन हुने भएको छ । कमर्सको केहि दिन अघि कुरिनटारमा बसेको कार्यसमितिको बैठकले साउन ५ गते प्रथम अधिवेशन गर्ने निर्णय गरेको हो ।
समितिको निर्णय बमोजिम चुम्लिङटारमा रहेको सिद्धार्थ रिसोर्टमा प्रथम अधिवेशन गर्न लागिएको इच्छाकामना चेम्बर अफ कमर्सका अध्यक्ष अश्मिन लम्सालले जानकारी दिए । अधिवेशनले आगामी ३ वर्षको लागि इच्छाकामना चेम्बर अफ कमर्सको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिने उनले बताए ।
स्थापनाको छोटो समयमा नै इचछाकामना चेम्बरमा पालिका भित्रका ७ वटै वडाका १ सय ५० भन्दा बढि स्थानीय व्यवसायीहरु आवद्ध भएको इच्छाकामना चेम्बर अफ कमर्सका सचिव माधव पोखरेलले जानकारी दिए ।