Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सिमलतालको पहिरोले दुईवटा रात्रीबस बगायो, बस सहित करिब ६५ यात्रु बेपत्ता

सिमलतालको पहिरोले दुईवटा रात्रीबस बगायो, बस सहित करिब ६५ यात्रु बेपत्ता

images

इच्छाकामना न्युज

२९, आषाढ २०८१
सिमलतालको पहिरोले दुईवटा रात्रीबस बगायो, बस सहित करिब ६५ यात्रु बेपत्ता
images

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने भरतपुर  महानगरपालिका २९ स्थित सिमलतालमा लेदोसहितको पहिरोले   दुईवटा यात्रुवाहक रात्री बस बगाएको छ । आज बिहान करिब ३स्३० बजेतिर पहिरोले बस बगाएको हो । 

पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बस बेपत्ता भएको छ । ती बसमा चालकसहित करिब ६५ जना यात्रु रहेको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

17fa6c4b-95cf-41a6-9b84-f03d7711b835.jpg

पहिरोमा परि बेपत्ता भएको मध्य गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना अनुमानित रहेको उहाँले बताउनुभयो । यद्यपि ३ जना यात्रु भने पौडेर बाच्न सफल भएको उहाँले बताउनुभयो।

images
प्रकाशित मिति :आषाढ २९, २०८१ शुक्रवार - ०८:१९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology