Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा आज जवाफी बहस हुने

गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा आज जवाफी बहस हुने

images

इच्छाकामना न्युज

२१, आषाढ २०८१
गृहमन्त्री  रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा आज जवाफी बहस हुने
images

प्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको आज पनि सुनुवाइ हुने भएको छ । अधिवक्ता अनुपम भट्टराईले लामिछानेको पद निलम्बन गर्न माग गर्दै दायर रिटमा मङ्गलवार बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए ।

आज रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । देशका विभिन्न सहकारीको रकम अपचलन गरेको विषयमा छानविन गर्ने निकायमा गृहमन्त्री लामिछानेले नेतृत्व गर्न नमिल्ने दाबी गरिएको छ ।

त्यस्तै महान्यायाधिवक्ताको कार्यालयले लामिछाने कुनै पनि सहकारी ठगी प्रकरणमा उनी संलग्न नभेटिएको भन्दै क्लिन चिट दिएको थियो । रिटमा महान्यायाधिवक्ताको कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०८१ बिहिवार - ०८:३०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology