Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवन जिल्ला लिग : रड्सलाई ३ अंक, युनिक र जि ब्वाईजको बराबरी

चितवन जिल्ला लिग : रड्सलाई ३ अंक, युनिक र जि ब्वाईजको बराबरी

images

इच्छाकामना न्युज

१९, आषाढ २०८१
चितवन जिल्ला लिग : रड्सलाई ३ अंक, युनिक र जि ब्वाईजको बराबरी
images

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज दुई खेल सम्पन्न भएका छन् ।

भरतपुर ७ कृष्णपुरमा आज भएको पहिलो खेलमा रामपुर फुटबल क्लब रड्सले जित हात पारेको छ । रड्सले हर्दी युवा समाजलाई ३-१ ले हराउँदै तीन अंक जोडेको हो । रड्सलाई जिताउन मनोज थापाले दुई तथा साहिल थापा मगरले एक गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे ।

हर्दीका सन्तोषले ३० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा रड्स खेलमा फर्कियो । साहिलले ४७ औं मिनेटमा बराबरी गोल फर्काए । मनोजले खेलको ५७ औं तथा ६५ औं मिनेटमा गोल गरेपछि रड्स विजयी भयो । रड्सका चित्रबहादुर कुमाल म्यान अफ दि म्याच भए ।

यस्तै आजको दोस्रो खेलमा नारायणी मोटर्स युनिक एफसी र आई स्टडी गीतानगर ब्वाईजले बराबरी गर्दै अंक बाँडेका छन् । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि दुबै टिमले अंक बाँडेका हुन् । युनिकका सौरभ प्रजा म्यान अद दि म्याच भए ।

जारी लिगमा बुधवार एक खेल हुनेछ । बुधवार बेलुकी ५ बजे यात्रा ग्रुप भरतपुर र नारायणगढ एफसी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०८१ मंगलवार - २१:०२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology