Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ

इच्छाकामना न्युज

१७, आषाढ २०८१
आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ परेको छ । पृथ्वी राजमार्ग सडकखण्डको उक्त स्थानमा प्रहरीले नियमित सवारी साधानहरु चेकजाँच गर्नेक्रममा शनिबार राति साढे ९ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो । 

images
images

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका २६ कास्की बस्ने बर्ष २२ को राजन बिक र सोही स्थानको वडा नं. १४ मा बस्ने बर्ष १९ को अशोक नेपाली रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । निजहरु ग १७ प ९४१७ नम्बरको स्कुटरमा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गर्दा बेनिटारमा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ट्रामाडोल ४०० क्याप्सुल र एनार्गन ४०० क्याप्सुल बरामद गरिएको छ ।

यस्तै पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत तनहुँमा आज पेश गरि म्याद थप गरेर थप अनुसन्धानका लागि हिरासतमा लिएको प्रहरीले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :आषाढ १७, २०८१ आइतवार - २१:३९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology