Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आँबुखैरेनीको ढापटारमा हिले महोत्सव सम्पन्न

आँबुखैरेनीको ढापटारमा हिले महोत्सव सम्पन्न

images

इच्छाकामना न्युज

१७, आषाढ २०८१
आँबुखैरेनीको ढापटारमा हिले महोत्सव सम्पन्न
images

आँबुखैरेनी। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पाँचौ हिले महोत्सव सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा आँबुखैरेनीको ढापटारमा शनिबार हिले महोत्सव सम्पन्न गरिएको हो ।

449281027_870849595069523_8424870556246004263_n.jpg

हिले महोत्सवका अवसरमा आयोजित डोरी तान्ने प्रतियोगितामा पुरुषतर्फ एमजिर ग्रुप प्रथम र आँबुखैरेनी युवा क्लव द्वितीय भएको छ । महिलातर्फ अकला आमा समूह प्रथम र चण्डिभंगेरी आमा समूह द्वितीय भएको छ ।

449472494_870848961736253_713225677910692538_n.jpg

प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार ८१ र दोस्रो हुनेलाई २ हजार पाँच सय ८१ प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिए ।

449015319_870844638403352_314510246095339634_n.jpg

यस्तै छिटो धान रोप्ने कान्छी गुरुङ प्रथम भएकी छन् । त्यस्तै अम्बिका राना द्वितीय र कमला श्रेष्ठ तृतीय भइन् । विजयीहरुलाई क्रमशः १ हजार ५ सय ८१, रु १ हजार ८१ र ५सय ८१ प्रदान गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ १७, २०८१ आइतवार - ०८:५८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology