Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अब कक्षा ११ को पढाइ कहिलेदेखि ? ग्रेडवृद्धिकाे परीक्षाले प्रभावित

अब कक्षा ११ को पढाइ कहिलेदेखि ? ग्रेडवृद्धिकाे परीक्षाले प्रभावित

images

इच्छाकामना न्युज

१७, आषाढ २०८१
अब कक्षा ११ को पढाइ कहिलेदेखि ? ग्रेडवृद्धिकाे परीक्षाले प्रभावित
images

काठमाडौं । कक्षा अर्थात माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भरखर सार्वजनिक भएकाे । तर आधाभन्दा धेरै विद्यार्थी उतिर्ण हुन सकेनन् ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसइईको नतिजामा परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ । ठूलाे संख्यामा ‘ननग्रेडेड (एनजी)’ आएका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णयले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ । 

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय गरेको थियो । हाल कार्यान्वयनमा रहेको अक्षराङ्क (लेटर ग्रेडिङ) निर्देशिकाले भने अधिकतम दुई विषयमा एनजी आएका विद्यार्थीलाई मात्रै ग्रेडवृद्धि परीक्षाको मौका दिने उल्लेख छ । 

विगतमा एसइईको नतिजापछि अधिकांश विद्यालयले साउनको दोस्रो वा तेस्रो साताबाट कक्षा ११ को पढाइ सञ्चालन गर्ने गरेका थिए । त्यतिखेर ग्रेडवृद्धि परीक्षामा थोरै विद्यार्थी मात्रै सहभागी भएर उत्तीर्ण पनि थोरै नै हुने भएका कारण उनीहरूलाई पनि सोही पढाइमा समायोजन गर्ने गरिएको थियो । गत वर्षको एसइई ग्रेडवृद्धि परीक्षामा ६६.९७ प्रतिशत उत्तीर्ण भएका थिए । 

यस पटक भने ग्रेडवृद्धि परीक्षामा धेरै विद्यार्थी सहभागी हुने र उत्तीर्ण पनि सोही अनुपातमा हुने अनुमान गरिएको छ । यी विद्यार्थीलाई पहिलादेखि नै सुरु गरिएको पढाइमा समायोजन गर्ने कि नयाँ कक्षा सञ्चालन गर्ने भन्ने विषयमा समस्या आउन सक्ने देखिएकाे छ । 

परीक्षामा अनुत्तीर्ण सबै परीक्षार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय गरेपछि दुई लाख ४२ हजार ३१३ जनाले परीक्षामा सहभागी हुन पाउने भएका छन् । अधिकतम दुई विषयमा एनजी आएकालाई मात्रै ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था कार्यान्वयनमा आएको भए एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाउने थिए ।  

मन्त्रालयको निर्णयसँगै राष्ट्रिय परीक्षा बोर्डले शनिबारदेखि नै परीक्षाको तयारी सुरु गरिसकेको छ । बिदाको दिन भए पनि शनिबार पदाधिकारी तथा कर्मचारी कार्यालय गएर परीक्षाको विषयमा छलफल गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । उनले भने, “सकेसम्म परीक्षा तथा नतिजा प्रकाशनको काम छिटो सम्पन्न गर्ने गरी तयारी गरेका छौँ ।”

ठुलो सङ्ख्यामा विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा राख्नुपर्ने भएकाले परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन गर्न विगतको भन्दा धेरै समय लाग्ने छ । त्यसको प्रत्यक्ष प्रभाव कक्षा ११ को पढाइ  सञ्चालनमा पर्ने छ ।  

images
प्रकाशित मिति :आषाढ १७, २०८१ आइतवार - ०८:४०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology