Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिङ नजिकै माइक्रो बस र ट्रक ठोक्कियो, आधा दर्जन घाइते

मुग्लिङ नजिकै माइक्रो बस र ट्रक ठोक्कियो, आधा दर्जन घाइते

इच्छाकामना न्युज

१२, आषाढ २०८१
मुग्लिङ नजिकै माइक्रो बस र ट्रक ठोक्कियो, आधा दर्जन घाइते
images

मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिकै १ नम्बर पुलमा माइक्रो बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । केही बेर अघि करिब ५ बजेतिर उक्त दुर्घटना भएको हो । काठमाडौंबाट प्रगतिनगर नवलपुर जाँदै गरेको प्रदेश ०३-१-००५ ख ९४९५ नम्बरको हायस माइक्रो र नवलपुर बाट सिमेन्ट लिएर काठमाडौ आउदै गरेको ना८ ख ५६५५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि माइक्रो चालक सहित माइक्रोमा सवार आधा दर्जन यात्रु घाइते भएको छ । घाइतेहरुको उद्वार गरि उपचारका लागि भरतपुर पठाइएको छ भने दुर्घटनाका कारण सडक एकतर्फी भएको छ । साथै घटनाको थप विवरण आउन बाँकी छ ।

images
images

images
प्रकाशित मिति :आषाढ १२, २०८१ मंगलवार - १७:५८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology