Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आँबुखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आयो, बजेट आउन सकेन

आँबुखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आयो, बजेट आउन सकेन

images

इच्छाकामना न्युज

१२, आषाढ २०८१
आँबुखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आयो, बजेट आउन सकेन
images

आँबुखैरेनी । आगामी आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट चालु आर्थिक वर्षको असार १० गते भित्रै गाउँसभामा प्रस्तुत गर्ने समय सीमा अनुसार सोमबार देशभरका अधिकांश स्थानीय तहले निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छ् । तर तनहुँको आँबुखैरेनी गाउँपालिकाको गाउँ सभा निर्धारित समय सीमा भित्रै सुरु भएपनि आगामी आर्थिक वर्ष २०८१।०८२ निति तथा कार्यक्रम मात्र गाउँसभामा प्रस्तुत भएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सोमबार सम्पन्न पालिकाको १५ औं गाउँसभामा आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेको थियो भने बजेट भने केही पछि पेश गर्ने जानकारी दिएको छ । अध्यक्ष चुमानले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी वर्षकोलागि पुर्वाधार विकास तथा स्वास्थ्य र शिक्षा तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ । गाउँका स्वास्थ्य चौकी तथा विद्यालयको कच्ची भवन विस्थापित गरि सुविधासम्पन्न पक्की भवन बनाउने, सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने, शैक्षिक सुधार गर्ने विषयलाई गाउँपालिकाले मुख्य नीति तथा कार्यक्रममा राखेको छ ।

सभामा समयमै बजेट प्रस्तुत गर्न नसक्नुमा लामो समयदेखि लेखा अधिकृत तथा लेखापालको व्यवस्थापन हुन नसक्दा तयारी नपुगेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यद्यपी असार १४ गतेसम्म गाउँसभा गरेर बजेट प्रस्तुत गर्ने तयारी भैरहेको अध्यक्ष चुमानले बताए । 

images
प्रकाशित मिति :आषाढ १२, २०८१ मंगलवार - ०९:२३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology