Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ आज

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ आज

images

इच्छाकामना न्युज

८, आषाढ २०८१
गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ आज
images

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिँदै छ । गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिन लागेको हो ।

अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका उक्त मुद्दा यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो ।

सहकारी ठगी प्रकरणमा महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि उक्त माग बोकेर रिट निवेदन लिएर अधिवक्ता भट्टराई सर्वोच्च पुगेका थिए ।

सुरूमा उक्त रिट दरपिठ नभए पनि न्यायाधीश टेकनारायण ढुंगानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन: दर्ता भएको थियो । 

सर्वोच्चले रिट खारेज वा अन्तरिम आदेश जारी गर्न सक्छ । रिट खारेज भएमा गृहमन्त्री लामिछानेले तत्कालका लागि सफाइ पाउँछन् । तर अन्तरिम आदेश जारी गर्‍यो भने उनको मन्त्री पद धरापमा पर्नेछ ।

images
प्रकाशित मिति :आषाढ ८, २०८१ शुक्रवार - ०८:३०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology