Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी स्रस्टा समाजको स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

आँबुखैरेनी स्रस्टा समाजको स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

२६, जेठ २०८१
आँबुखैरेनी स्रस्टा समाजको स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
images

आँबुखैरेनी । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा शनिबार आयोजित एक कार्यक्रमका बीच स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आबुखैरेनी स्थित माई छिम्केश्वरी पार्टी प्यालेसमा सम्पन्न भएको छ। 

images
images

कला साहित्य संस्कृतिको सम्मान, हाम्रो अभियानूभन्ने नाराका साथ स्थापना भएको आबुखैरेनी स्रष्टा समाजले विभिन्न विधागत पुरस्कारहरू समर्पण गरेको हो।

संस्थाका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकाररपत्रकार मोहन दुवाल रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि आबुखैरेनी गाउँपालिकाका प्रमुख सुक्र चुमान, साहित्यकार नवराज लुइटेल, अम्बिका अर्याल, माणिकरत्न शाक्य रहेका थिए । आतिथ्यता ग्रहणका लागि देशभित्रका विभिन्न स्थानहरूबाट साहित्यमा अहोरात्र खटिने कलम यात्रीहरूलाई सहभागी गराइएको थियो। अतिथिहरूमा

जीवन्त जीवन्त, नरेन्द्र थापा, रमेश प्रभात,भीम रानाभाट ९ज्यालादारी०,डा शान्ति माया गिरी, हरि प्रसाद चौलागाई,जनार्दन दाहाल, आकाश अधिकारी, दिवाकर भट्टराई लगायत सत्तरी भन्दा बढी साहित्यकार, पत्रकार, शिक्षक बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

सोही कार्यक्रम मार्फत साहित्यक पुरस्कार अन्तर्गत आबुखैरेनी बाङमय पुरस्कार कवि गौरी दाहाल (देवकोटा_ लाई प्रदान गरिएको थियो। इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार शिवहरि नेपाल (बैरागी) लाई साथै समाजसेवामा सक्रिय व्यक्तित्वलाई प्रदान गरिने पुरस्कार कृष्णदास चेत कुमारी पुरस्कार डोल वहादुर थापालाई प्रदान गरिएको थियो। 

यसैगरी महेश कुमार श्रेष्ठ प्रतिभा पुरस्कार द्रव्य शाह बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय तर्फ २०७८ सालमा सर्वोकृष्ट हुन सफल यसमाया थापा र वर्ष २०७९ मा व्यवस्थापन संकायतर्फ उत्कृष्ट मेलिना भट्टलाई प्रदान गरिएको थियो। द्रव्य शाह बहुमुखी क्याम्पसको शिक्षा संकाय तर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल २०७८ सालमा ओम माया मगर र वर्ष २०७९ सालमा सर्वोकृष्ट उषा थापा मगर लाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो।

पुरस्कार छनौट समितिका संयोजक तेज विलाश अधिकारीले पुरस्कृतहरूको नाम छनोट गर्नु निकै जिम्मेवारीपूर्ण रहेको र यसलाई निर्वाह गर्न सम्पूर्णको साथ आवश्यक रहेको जानकारी गराएका थिए । 

images
प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - २२:०५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology