Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इन्स्पेक्टर विदुर शिवाकोटीमाथि बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतको अनुमति

इन्स्पेक्टर विदुर शिवाकोटीमाथि बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतको अनुमति

images

इच्छाकामना न्युज

२५, जेठ २०८१
इन्स्पेक्टर विदुर शिवाकोटीमाथि बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतको अनुमति
images

काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टर विदुर शिवकोटीलाई बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी बुधवार साँझ पक्राउ परेका हुन् । आफ्नो घरमा बस्ने किशोरीलाई उनले बलात्कार गरेको आरोप छ । काठमाडौँ महानगरपालिकाको टोली र प्रहरीले स्वयम्भू स्थित घरबाट किशोरीलाई उद्धार गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

images
प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - ०९:३१:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology