Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै

फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै

images

इच्छाकामना न्युज

२४, जेठ २०८१
फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै
images

फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज (बिहीबार) नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) भिड्दैछन्।  

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने खेल राति पौने १० बजेदेखि सुरु हुनेछ।  

नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल देशको एकमात्र अन्तराष्ट्रिय दशरथ रगंशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भुमिका रुपमा साउदी अरबमा खेल्नु परेको हो। 

यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो। 

छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ। 

नेपालले यसअघि रगंशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो। 

विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका चारै खेलमा हार भोगेको छ। नेपालले यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो। 

बहराइसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो। 

नेपाली टोली
गोलरक्षकः किरण कुमार लिम्बुु, अविशेक बराल, विशाल सुनार।
डिफेन्डरः अविशेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिस श्रेष्ठ, सौभाग्य आचार्य। 
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मनि कुमार लामा, मनिष डाँगी, सुमित श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई।
फरवार्डः जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सन्जिव विष्ट, आयुष घलान, आशिष बाबु चौधरी।

images
प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - ०८:००:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology