Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भारतमा तेस्रोपटक प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी

भारतमा तेस्रोपटक प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी

images

एजेन्सी

२३, जेठ २०८१
भारतमा तेस्रोपटक प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी
images

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ । १८औं लोकसभामा भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेसँगै मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने भएको हो ।

भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ भने कांग्रेस एक्लैले ९९ र समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन् । त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ । लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ ।
 
बहुमतका लागि २७२ सिट जित्नुपर्ने भएपनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न सकेनन् । यद्यपि, भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने छ । सरकारको नेतृत्व भने भाजपाका नेता नरेन्द्र मोदीले नै गर्ने छन् ।
 
मोदीले सन् २०१४ देखि २०१९ सम्म र २०१९ देखि २०२४ सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् ।
 
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने बताएका हुन् । ‘सन् २०२४ मा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका छन् । नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ नड्डाले भनेका छन् । मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ ।

भाजपा नेता एवम् हालका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक पनि बहुमत दिएको भन्दै जनतासँग आभार प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘देशका जनता जनार्दनले एनडीए माथि लगातार तेस्रो बार आफ्नो विश्वास व्यक्त गरेका छन् । भारतको इतिहासमा यो अभूतपूर्व क्षण हो । म देशवासीलाई यो विश्वास दिलाउँछु कि उनीहरुको आकांक्षा पूरा गर्नका लागि नयाँ ऊर्जा, नयाँ उमंग र नयाँ संकल्पका साथ अघि बढ्ने छौं ।’

images
प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - ०८:२२:३८ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology