Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालले आफ्नो दोस्रो विश्वकपको पहिलो खेल आज नेदरल्याण्ड्सँग खेल्दै

नेपालले आफ्नो दोस्रो विश्वकपको पहिलो खेल आज नेदरल्याण्ड्सँग खेल्दै

इच्छाकामना न्युज

२२, जेठ २०८१
नेपालले आफ्नो दोस्रो विश्वकपको पहिलो खेल आज नेदरल्याण्ड्सँग खेल्दै
images

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडी समाप्त भएको छ। नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रदा १० वर्षपछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ।

images
images

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपपछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरुहुने छ।

विश्वकपका लागि तयारी गर्न भन्दै १ महिना अगाडि नै गएको नेपाली टोलीले अभ्यास राम्रो भएको प्रतिक्रिया दिएको छ। सोमबारको अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध जित निकाल्दै विश्वकप यात्रा सुरु गर्नका लागि तयार रहेको बताएका छन्। ग्रान्ड पेरी रंगशालालाई त्रिवि क्रिकेट मैदानको जस्तै संज्ञा दिँदै खेलका लागि नेपाली समर्थकको उपस्थिति हुनेपनि विश्वास व्यक्त गरे। पत्रकार सम्मेलनमा कप्तान पौडेलले समर्थकहरूलाई खुसी र गर्व गर्न लायक प्रर्दशन गर्ने बताए।

‘अमेरिका आएपछि यहाँका समर्थकको ठूलो माया पाएका छौँ। त्रिवि मैदानपछि यो मैदानमा हामीले बढी समर्थन पाउँछौ जस्तो लागेको छ। हाम्रो लागि यो अवसरसँगै जिम्मेवारी पनि हो।’ पत्रकार सम्मेलनमा पौडेलले भने, ‘हामीमाथि उत्कृष्ट क्रिकेट खेलेर उहाँहरूलाई खुसी र गर्व गर्न लायक बनाउने जिम्मेवारी छ।’

टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।

 

images
प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - ०७:५३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology