Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामना गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामाग्री वितरण

इच्छाकामना गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामाग्री वितरण

images

इच्छाकामना न्युज

२१, जेठ २०८१
इच्छाकामना गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामाग्री वितरण
images

फिस्लिङ ।  चितवनको इच्छाकामना गाउँपालिकाले किसानहरुलाई कृषि सामाग्री वितरण गरेका छन् । सुन्तला खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत आईतबार गाउँपालिकाले ५० प्रतिशत अनुदानमा  कृषि सामाग्री हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र उपाध्यक्ष माया सिलवालले लोकप्रिया कृषि सहकारी फिस्लिङ, पिपल डाडाँ–धुषा–डाडा गाउँँ कृषि समूहमा आवद्ध किसानहरुलाई  कृषि सामाग्री हस्तान्तरण गरिएको हो। 

कृषि शाखाका प्रमुख  आशिष त्रिपाठीका अनुसार  कृषि म्यानुअल पम्प १६ लिटरको १८ वटा, एक हजार लिटरको ट्याङ्ककी १६ वटा र २ हजार लिटरको चार वटा ट्याङ्ककी, डिजिटल तराजु ७ वटा, किरेट ६५ वटा हस्तान्तरण गरिएको हो ।  साथै उहाँले पाइप, भ¥याङ र सिकेचर पनि वितरण गरिने बताउनुभयो । 

445498002_3348426025292417_6102670493060277989_n.jpg

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सुन्तलाखेती प्रवद्र्धन कार्यक्रम अन्तरगत  किसानहरुलाई उक्त सामाग्री ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको  बताउनुभयो। 

उहाँले  सुन्तला  खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत वडा नम्बर ३ का २० जना कृषकहरुलाई अनुदानमा कृषि सामाग्री उपलब्ध गराएको  बताउनुभयो ।  उहाँले सुन्तला खेती प्रवद्र्धनका लागि  गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताउनुभयो। सोही अन्तरगत गाउँपालिकाले यस अािर्थक बर्षमा तीन दिने सुन्तला महोत्सव आयोजनाका साथै कृषि समाग्रीहरु वितरण गरिएको बताउनुभयो । यस अािर्थक बर्षमा नै  सुन्तलाको बेर्ना अनुदानमा  वितरण गरिने  बताउनुभयो ।  १० हजार कलमी र १६ हजार  विजु विरुवा वितरण गरिने उहाँको भनाई छ । 

उहाँका अनुसार गाउँपालिकाले विभिन्न अनुदानमा सुन्तलाको बेर्ना लगायत कृषि सामाग्रीहरु उपलब्ध गराउँदै आएपछि सुन्तला खेती गर्ने क्षेत्रफल पनि  बढेको छ । सुन्तला उत्पादन हुने स्थानहरुमा नयाँ बगैँचाहरु निर्माणका लागि किसानहरुलाई सहयोग कार्यक्रम रहेको उहाँले बताउनुभयो । 

साथै गाउँपालिकाले  वडा नम्बर ३ फिस्लिङमा  कृषि भवन निर्माण गरेको छ । यस भवनबाट कृषि सहकारीहरु मार्फत सुपथ मूल्यमा काँटा गरेर बजार व्यवस्थापन गर्ने, चिस्यान केन्द्र सञ्चालन, किसानहरुको सेवा लागि कार्यालय संचालन तथा पाहुना घर रहने उहाँले  बताउनुभयो ।

इच्छाकामनामा उत्पादन भएका कृषिजन्य सामाग्रीहरु प्याकेजिङ गरि पाहुना घरमा राखिने र काठमाडौँ पोखरा चितवन जाने मुख्या राजमार्ग भएकाले यहाँबाट इच्छाकामनाको उत्पादन सहजै उपलब्ध गराउने उहाँको भनाई छ । यसले इच्छाकामनाका कृषिजन्य उत्पादनहरुलाई बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । यहाँ २० टन क्षमताको चिस्यन केन्द्र निर्माण कार्य अन्तिम चरणमा रहेको  उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - ०७:४८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology