Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

खुट्टा ढोगेर बस्न दिन आग्रह गरेका ‘रविरत्न’ले घरबेटीलाई नै बलात्कार गरेपछि…

खुट्टा ढोगेर बस्न दिन आग्रह गरेका ‘रविरत्न’ले घरबेटीलाई नै बलात्कार गरेपछि…

इच्छाकामना न्युज

११, जेठ २०८१
खुट्टा ढोगेर बस्न दिन आग्रह गरेका ‘रविरत्न’ले घरबेटीलाई नै बलात्कार गरेपछि…

काठमाडौं । केही समयदेखि युट्यूबमा उछृंखल अन्तरवार्ताहरु दिएर भाइरल हुने प्रयासमा रहेका रविरत्न चुडाल हिजो पक्राउ परेका छन् । ५२ वर्षीया महाराजगञ्ज ४८ (परिवर्तित नाम) ले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

images

महाराजगञ्ज ४८ को महाराजगञ्जमा रहेको घरमा चुडालले सटर भाडामा लिएर बसेका थिए । उनी फेन्सी स्टोर चलाउँथे । उक्त घरमा घरबेटीको परिवारबाहेक चुडाल मात्रै बस्ने गरेका थिए । महाराजगञ्ज ४८ विधवा हुन् । उनको श्रीमानको २०६४ सालमा मृत्यु भएको थियो । उनका दुई छोराहरु अहिले विदेशमा छन् । चुडाल पनि पत्नीसँग सम्वन्ध बिग्रेर एक्लै बसिरहेका छन् ।

पछिल्लोपटक आफूलाई गत वर्ष जेठ १७ गते चुडालले बलात्कार गरेको दावी महाराजगञ्ज ४८ को छ । बलात्कार मुद्दामा एक वर्ष हदम्याद हुन्छ । महाराजगञ्ज ४८ ले गत असोजदेखि जाहेरी दिने प्रयास गरेकी थिइन् ।

तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै जाहेरी लिन मानेको थिएन । त्यसपछि उनले उच्च अदालतमा निवेदन दिइन् । उच्चले गत पुस १७ गते जाहेरी दर्ता गरी आवश्यक कारवाही अगाडि बढाउन काठमाडौं परिसर र महाराजगञ्ज प्रहरीलाई परमादेश दिएको थियो । त्यसपछि जाहेरी दर्ता भएको हो ।

जाहेरी दर्तापछि पनि लामो समयसम्म चुडाल पक्राउ परेका थिएनन् । दुई साताअघि महाराजगञ्ज ४८ ले एक युट्यूव च्यानललाई अन्तरवार्ता दिएकी थिइन् । त्यसमा उनले आफूलाई ब्ल्याकमेलिङ गर्दै बलात्कार गरेको भन्दै चुडाललाई पक्राउ गर्न माग गरेकी छिन् । चुडाल भने युट्यूवमा राजनीतिक विश्लेषण छाँट्दै बसिरहेका थिए ।

महिलाको भनाइ अनुसार २०७३ साल असार १८ गतेदेखि चुडाल उनको घरमा भाडा लिएर बस्दै आएका छन् ।

‘दुईचोटि खुट्टा ढोगेपछि विश्वास गरेर भाडामा राखेँ । आफ्नो दाजुभाइ जस्तो सोचेँ । आफ्नो सन्तानजस्तो मानेको थिएँ । तर, उसले ममाथि विश्वासघात गर्यो’, अन्तरवार्तामा महिलाले भनेकी छन् ।

images
प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - ०८:३३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology