Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रहरीले दियो कान्तिपुरका साहु कैलाश सिरोहियालाई पक्राउ गर्नुपर्ने यी ६ आधार

प्रहरीले दियो कान्तिपुरका साहु कैलाश सिरोहियालाई पक्राउ गर्नुपर्ने यी ६ आधार

प्रहरीले दियो कान्तिपुरका साहु कैलाश सिरोहियालाई पक्राउ गर्नुपर्ने यी ६ आधार
images

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नुपर्ने ६ वटा आधार र कारण दिएको छ ।

images
images

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले सार्वजनिक गरेको विज्ञप्तिमा उनको नागरिकता नम्बरको नागरिकता पहिले नै अन्य व्यक्तिले लिएको, उनका दाजुबहिनीको नागरिकता अंगीकृत रहँदा नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको लगायतका कारण दिइएको छ ।

प्रहरीले सिरोहियालाई मंगलबार जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी लिएर काठमाडौंस्थित उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । उनलाई हिजै धनुषा लगिएको छ । सिरोहियाविरुद्ध गत वैशाख १७ गते धनुषामा उजुरी परेको थियो ।

यी हुन् प्रहरीले सिरोहियालाई पक्राउ गर्नुपर्ने भन्दै दिएका ६ आधार 

१) निज कैलास प्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर निजले नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु रोसीको नाउँमा जारी भएको देखिएको ।

२) जिल्ला प्रशासन कार्यालय, धनुषाको च.नं. १३२१३, मिति २०८१/०१/२० को पत्र अनुसार प्राप्त जबाफमा ०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबु / आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता कितावमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अंगिकृत नेपाली भएको र नाम प्रष्ट नभएको) कैलास प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको ।

३) निज कैलाश प्रसाद सिरोहियाले वि.सं. २०५७/०६/२९ मा नागरिकताको प्रतिलिपी लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका (ढड्डा) मा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको ।
४) सोही व्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्म मिति थपी किर्ते गरेको देखिएको ।

५) निज कैलास प्रसाद सिरोहियाले प्रथम पटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/०५/२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७/०६/२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्म मिति २०१९/०८/२९ लेखेको पाइएकोले उमेर, जन्म मिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकोले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको ।

६) निज कैलास प्रसाद सिरोहियाले नागरिकता लिँदा पेश गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेको ।

images
प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - ०८:२२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology