Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बालमन्दिरको जग्गा हडप्ने विशाल ग्रुपको योजना

बालमन्दिरको जग्गा हडप्ने विशाल ग्रुपको योजना

images
बालमन्दिरको जग्गा हडप्ने विशाल ग्रुपको योजना
images

काठमाडौं । बाल संगठनले बालमन्दिर चलाउन छुट्ट्याएको २८ रोपनी ५ आना जग्गा हडप्न मुलुककै ठूलोमध्येको व्यापारिक घराना ‘विशाल ग्रुप’ योजनाबद्ध रूपमा लागिपरेको विभिन्न तथ्यहरूले पुष्टि गरेको छ ।

जग्गा हडप्नकै लागि विशाल ग्रुपको योजनामा ६० वर्षका लागि बाल संगठनको जग्गा भाडामा लिइएको देखिएको छ । नेपाल बाल संगठनका तत्कालीन पदाधिकारीलाई विभिन्न प्रलोभनमा पारी जग्गा हडपेको प्रमाण फेला परेपछि केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेको थियो ।

सरकारी जग्गालाई गैरकानुनी रूपमा सम्झौता गरी अनन्तकालसम्म प्रयोग गर्न दिने र लिने दुवै पक्ष गरी २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले अनुसन्धान थालेको हो ।

विशाल ग्रुपले बालमन्दिरको जग्गा हत्याउन बृहस्पति विद्यासदन र राय स्कुललाई अघि सारेको कुरा उनीहरूको सो संस्थामा भएको आबद्धताले पनि पुष्टि गरेको छ ।

बृहस्पति र राय स्कुलको सेयर लागतमा विशाल ग्रुपकै सदस्यहरूको नाममा बढी सेयर रकम देखिएको देखिन्छ । सुरुमा बृहस्पति विद्यासदन पुरुषोत्तमराज जोशीले सञ्चालन गरेको भए पनि अहिले उनको नाममा सेयर संख्या न्यून छ भने सेयर रकम र संख्यामा विशाल ग्रुपमै रहेकाहरूको वर्चस्व रहेको छ । बृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये प्रत्यक्ष–अप्रत्यक्ष गरी अधिकांश विशाल ग्रुपकै परिवारका सदस्य पाइएको छ ।

३ वैशाख २०६९ सम्म बृहस्पतिमा पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्जवलराज जोशी र मीनुकुमारी जोशीसमेत पाँच जनाको लगानी रहेको थियो । त्यसपछि क्रमशः विशाल ग्रुपका अग्रवाल परिवारको लगानी हुँदै र बढ्दै अहिले आएर बहुमतभन्दा बढी सेयर अग्रवाल परिवारकै रहेको छ ।

७ जेठ २०७४ देखि बृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघाई र ‘ग्रिनफिल्ड इंक प्रालि’ प्रवेश गरेको थियो । अनुज र अर्पित विशाल ग्रुपका निर्देशक हुन् भने ग्रिनफिल्ड नामक कम्पनीका अधिकांश सदस्य विशाल ग्रुपकै सदस्यहरू हुन् । यसैगरी, २०७८ सालसम्म आउँदा महेशकुमार सिंघानियाँ, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, श्यामसुन्दर कँडेल, सन्दीपा थापा, बसुन्धरा श्रेष्ठ, समीर थापा, सुनील जाकेबञ्जा पनि लगानीकर्ताका रूपमा देखिएका छन् । यीमध्ये विशाल र निकुञ्ज पनि विशाल ग्रुपकै निर्देशकका रूपमा रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - ०७:३६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology