Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

टी-२० विश्वकपको अभ्यास खेल : नेपालद्वारा भोल्क्यानोज ४ विकेटले पराजित

टी-२० विश्वकपको अभ्यास खेल : नेपालद्वारा भोल्क्यानोज ४ विकेटले पराजित

images
टी-२० विश्वकपको अभ्यास खेल : नेपालद्वारा भोल्क्यानोज ४ विकेटले पराजित
images

काठमाडौं । टी-२० विश्वकपको तयारीका लागि भएको अभ्यास खेलमा नेपालले सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्सको विनवार्ड्स भोलक्यानोजलाई पराजित गरेको छ । नेपाली टोलीले सोमबार राति भएको खेलमा भोलक्यानोजलाई चार विकेटले पराजित गरेको हो ।

घरेलु टोली भोलक्यानोजले पार्क हिल मैदानमा दिएको १९७ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर १९.३ ओभरमै भेटाएको हो ।

खेल जिताउन दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले महत्वपूर्ण योगदान गरे । जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो । त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए।

अन्तिम ओभरमा सोमपालले लगातार एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो ।

नेपालका ओपनर कुशल भुर्तेलले ७० बनाए । दीपेन्द्रले ५२, सोमपालले ३२ र आशिफ शेखले २६ रनको योगदान गरे । नेपालका अघिल्लो क्रमका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र गुलशन झाले भने राम्रो गर्न सकेनन् ।

नेपालले भोल्क्यानोजसँगै थप २ थप अभ्यास खेल खेल्नेछ । 

images
प्रकाशित मिति :जेठ २, २०८१ बुधवार - ०८:२९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology