Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगाशालाको सहयोगार्थ कलाकार र खेलाडी बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता टिम सुन्तली ‘ए’ ले जित्यो

निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगाशालाको सहयोगार्थ कलाकार र खेलाडी बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता टिम सुन्तली ‘ए’ ले जित्यो

इच्छाकामना न्युज

२४, माघ २०७७
निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगाशालाको सहयोगार्थ कलाकार र खेलाडी बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता टिम सुन्तली ‘ए’ ले जित्यो
images

चितवन, २४ माघ । चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन आज भएको कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको फाइनलमा टिम सुन्तली ‘ए’ दुई रनले विजयी भएको छ ।

images
images

सुरुमा बलिङ गरेको टिम सुन्तली ‘ए’ ले ९७ रनको टार्गेट दिएकोमा टिम धुर्मुस ‘ए’ ले सबै १० ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ९५ रन बनाएको थियो ।

विजयी टिममा कुञ्जना घिमिरे टिम क्याप्टेन रहेकी थिइन् भने टिम र्धुमुस ‘ए’ को कप्तानी सिताराम कट्टेलले गरेका थिए । टिम सुन्तलीका अन्य खेलाडीहरुमा विनोद भण्डारी, सिता राना मगर, इन्दु वर्मा, विवेक सिंह ठकुरी, प्रकाश सपुत, अनिल गुरुङ, बचन कार्की, रामकृष्ण ढकाल, अनुपविक्रम साही रहेका थिए । त्यस्तै प्रतियोगितामा सह विजेता टिम धुर्मुस ‘ए’ का खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, अनिल शाह, सुनिल थापा, प्रमोद खरेल, दयाहाङ राई, रवि ओड, नरेश भट्टराई, सुरक्षा पन्त, सदिना श्रेष्ठ र बेनिसा हमाल रहेका थिए ।

चारवटा टिम सहभागी प्रतियोगितामा भएका दुई खेलमा पहिलो खेलमा टिम धुर्मुस ‘ए’ र टिम सुन्तली ‘ए’ विजयी भएका थिए । दुई टिमबीच दोस्रो चरणमा फाइनल खेल भएको थियो । पहिलो खेलमा टिम धुर्मुस ‘ए’ ६ रनले विजयी भएको थियो । टिम ‘ए’ ले ७० रनको टार्गेट दिँदा ‘बी’ ले ६३ रन मात्र ल्याएको थियो । त्यसैगरी दोस्रो खेलमा टिम सुन्तली ‘ए’ र ‘बी’ बीच भएको खेलमा सात विकेटले टिम सुन्तली‘ए’ विजी भएको थियो । जसले ५७ को टारगेट दिँदा‘बी’ ५० रन मात्र ल्याएको थियो ।

देशका राष्ट्रिय खेलाडी र कलाकारहरुको सहभागिता रहेको खेलको उद्घाटन गर्दैै महानगर प्रमुख रेनु दाहाले महानगरले गौरवको आयोजना समयमै पूरा गर्न हर प्रकारको सहयोग गरिरहेकोे बताइन् । उनले यस गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा खेलाडी तथा कलाकारहरूलाई माला लगाएर स्वागत गर्दै विजयको शुभकामना दिएकी थिइन् ।

कार्यक्रम गृष्म इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक गेहेन्द्र घिमिरेको व्यवस्थापनमा सम्पन्न भएको थियो । एक दिवसीय मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले र ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्घाटन गरेका हुन् ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - २०:२१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology