Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ समाज जापानको अध्यक्षमा युवराज गुरुङ निर्वाचित 

गुरुङ समाज जापानको अध्यक्षमा युवराज गुरुङ निर्वाचित 

इच्छाकामना न्युज

३१, बैशाख २०८१
गुरुङ समाज जापानको अध्यक्षमा युवराज गुरुङ निर्वाचित 
images

जापान । गुरुङ समाज जापानको अध्यक्षमा युवराज गुरुङ निवार्चित भएका छन । जापान टोकियोको सिनओकुबोमा आइतबार सम्पन्न भएको सस्थाको प्रथम ऐतिहासिक अधिवेशनबाट गुरुङको अध्यक्षतामा २४ जनाको नयाँ कार्य समिति गठन भएको हो।

images
images

अधिवेशनले समाजको पदाधिकारीहरु मध्य उपाध्यक्षहरुमा चन्द्र गुरूङ, प्रकाश कोके गुरूङ र आशिष गुरुङ, महासचिवमा मोती गुरुङ, सचिवमा पदम गुरुङ, कोषाध्यक्षमा राम गुरूङ र सह–कोषाध्यक्षमा कुमार गुरुङ चयन भएका छन । 

यस्तै कार्य समितिको सदस्यहरुमा कौशल गुरुङ, प्रिती गुरुङ, जमुना गुरुङ, जेबी गुरुङ, याम गुरुङ, आशिष गुरुङ, सोमन गुरुङ, महादेव गुरूङ, आशिष गुरुङ, विष्णुमाया गुरुङ, दिपक घले, जगदिश गुरुङ, टुम गुरुङ, आष्मा गुरुङ, प्रेम गुरूङ, सुमन घले र जगदिश गुरुङ चयन भएका छन ।

438060633_1139477560576974_884273384684972743_n.jpg

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष युवराज गुरुङले जापानमा आएर स्थायी वा अस्थायी रुपले बसोबास गरिरहेका सम्पूर्ण गुरुङहरु विच सद्भाव एवं भातृत्व अभिवृद्दि गर्न र उनीहरुको ‘प्ये ताँ ल्हु ताँ’मा आधारित भाषा, धर्म, भेषभूषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण र संबर्द्धन गर्दै सामाजिक आर्थिक बिकास गर्नको निम्ति सङ्गठित रुपले अगाडि बढ्ने अभिप्रायले ‘गुरुङ समाज जापान’को विधिवत स्थापना गरी सञ्चालनमा ल्याइएको बताए । उनले गुरुङ समाज जापानलाई सबैले अपनत्व हुनेगरी सञ्चालनमा ल्याइने समेत उनले प्रतिबद्धता जनाएका थिए । साथै जापानमा रहेका सबै संस्थाहरुलाइ सहकार्यको लागि समेत अध्यक्ष गुरुङले अनुरोध गर्नुभएको छ । 

जापानको राजधानी टोकियोमा भव्य रुपमा सम्पन्न भएको कार्यक्रमलाई मुल आयोजक समितीका सचिव मोति गुरुङले सहजीकरण गरेका थिए भने प्रकाश गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

‘भाषा, धर्म, भेषभुषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संम्वद्र्धनमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित अधिबेशनको प्रमुख अतिथिको रुपमा नेपालबाट तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्के केन्द्रिय समिति संरक्षक परिषद्का अध्यक्ष रेशम गुरूङ र तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समितिका सह–महासचिव मनोज गुरुङले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा जापानमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एनआरएन अभियान्ताहरु तमु तथा गैर तमुहरुको बाक्लो उपस्थिति रहेको थियो । औपाचारिक रुपमा सम्पन्न कार्यक्रममा जापानमा सक्रिय कलाकारहरुले नाँच प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८१ सोमवार - ०९:२९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology