Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विश्वकपको संघारमा क्यानमा विवाद !

विश्वकपको संघारमा क्यानमा विवाद !

images

इच्छाकामना न्युज

२३, बैशाख २०८१
विश्वकपको संघारमा क्यानमा विवाद !
images

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानका विवाद देखिएको छ । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्नका लागि नेपाली टिम प्रस्थान गर्ने सबै कुरा भइसकेपछि क्यानले बोर्ड बैठक बोलाएपछि बोर्डका केहीले वैठक बहिष्कार गरेका छन् । 

नेपाल क्रिकेट संघमा नेतृत्वले एकलौटी गर्न थालेको भन्दै वोर्ड बैठक बहिष्कार गरेको जनाएका छन् । अघिल्लो दिन स्थगित भएको बोर्ड बैठक एकाएक बोलाएपछि असन्तुष्ट भएकाहरु बैठककमा अनुपस्थित भएका हुन् । 

अमेरिका र वेस्टइन्डिजमा हुन लागेको आइसीसी टी २० विश्वकप खेल्नका लागि नेपाली टोली शनिबार राति (आइतबार विहान २ बजे) प्रस्थान गर्ने तय भइसकेपछि बोर्ड बैठक बोलाइएको थियो । 

विश्वकप खेल्ने टिमको तयारीका बारेमा पहिला नै छलफल गर्नु पर्नेमा अन्तिम समयमा सबै कुरा भएपछि आफूहरुलाई बाइपास गरेकाले बैठकमा सहभागि नभएको उनीहरुको तर्क छ । क्यानका सदस्य दुर्गाराज पाठकले पटक पटक सचिवको अमेरिका भ्रमण संस्थागत कि व्यक्तिगत भनेर सोध्दा जवाफ नआएको, अन्य कुराहरु पनि पारदर्शी नभएकाले वहिष्कार गरेको उनले बताए । क्यानको बोर्ड बैठक हायातमा डाकिएको थियो ।

‘नेपाल क्रिकेट संघको आगामी बैठक नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालयमा सार्वजनिक बिदा नभएको दिनमा गर्न अनुरोध गर्दछु । अबको बैठक बस्दा आजसम्मको सम्पुर्ण आयव्ययको हिसाबकिताब र वैक स्टेटमेट सहित उपस्थित हुन अनुरोध गर्दछु । यदि पेलेर  मिटिङ्ग राख्नु भएमा सो मिटिङ्ग मा उपस्थित नहुने साथै बहिस्कार गर्ने जानकारी गराउदँछु ।’ भन्दै पाठकले नेतृत्वको ध्यानाकर्षण गराएको तर सुनुवाई नभएको बताए ।

यसैगरी सार्वजनिक विदा बाहेकको दिनमा केन्द्रीय कार्यालय मूलपानीमा बैठक बस्नुको साटो होटेलमा राख्ने विषयमा पनि आफ्नो आपत्ति रहेको बताए । 

images
प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १०:२७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology