भुम्लिचोक- गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोकमा प्रहरीले ५० हजार बोट गाँजा नष्ट गरेको छ । करिब छ सय रोपनी क्षेत्रफलमा उम्रिएको गाँजा नष्ट गरिएको एसपी सुरेन्द्र गुरुङले बताए ।
जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी सहायक निरीक्षक मदन आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजा फडानी गरेको हो ।
लागु औषधको रुपमा युवाहरुले गाँजा प्रयोग गर्ने भएकाले निरुत्साहित गर्न सार्वजनिक ठाउँमा उम्रिएका गाँजा फडानी गरिएको एसपी गुरुङले जानकारी दिए ।