Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सुन्दर बन्दै काठमाडौँ, सार्वजनिक पर्खालहरुमा भित्ते चित्रे बनाइँदै

सुन्दर बन्दै काठमाडौँ, सार्वजनिक पर्खालहरुमा भित्ते चित्रे बनाइँदै

images

इच्छाकामना न्युज

२, बैशाख २०८१
सुन्दर बन्दै काठमाडौँ, सार्वजनिक पर्खालहरुमा भित्ते चित्रे बनाइँदै
images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम थालेको छ ।

ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनको थालिएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । 

सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित सङ्घसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो । 

अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरू, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरू चित्र कोरिनेछन् । 

चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेसभुसा विम्बित हुने चित्र कोरिनेछन् । 

मौलिकताका लागि कोरिने चित्रहरूमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेसभुसा, वादन, काठमाडौँ चिनिने भौतिक सम्पदा हुनेछन् ।  

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ ।

चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्वीर खिच्दा नटाँसिई अलग्गे खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो ।

यसरी कोरिएका चित्रसँग सम्बन्धित जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवर्धनमा महानगरपालिकाले काम गरिरहेको छ । 

यी चित्रहरूले काठमाडौँलाई चिनाउँछन् । यसले काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गरेको छ । 

images
प्रकाशित मिति :बैशाख २, २०८१ आइतवार - ०८:२१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology