कुरिनटार । नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाको पाँचौ परिषद् बैठक तथा पालिका स्तरीय कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । शनिबार कुरिनटारमा एका कार्यक्रमको अयोजना गरि संगठनको परिषद् तथा कार्यशाला कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष गोपी सिलवालको अध्यक्षता तथा बागमती प्रदेशका प्रदेश सांसद कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संगठनका केन्द्रीय कोषाध्यक्ष सुर्यराज बराल र इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि सांसद सिलवालले साना नानीबाबहहरुको भविष्य शिक्षकहरुको हातमा रहेकोले शिक्षकहरुलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । पछिल्लो समय इच्छाकामनामा कक्षा ८ को परीक्षामा आएको नतिजा सुखद नभएकोले शिक्षकहरुले आफ्नो क्षमता प्रस्तुत गरेर आगामी वर्षहरुमा यस्तो नतिजामा सुधार ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो साथै उहाँले शैक्षिक गुणस्तरमा जोड दिदै शिक्षकहरुलाई विद्यार्थी र अभिभावकप्रति जिम्मेवार बनाउन संगठनले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा २०८० सालमा स्थायी नियुक्ती भै इच्छाकामना आउने संगठन आवद्ध ३ शिक्षकहरुलाई स्वागत, सम्मानका साथै अवकास पाएका संगठन आवद्ध ३ शिक्षकहरुलाई बिदाई र सम्मान समेत गरिएको राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाका देव कुमार गुरुङले जानकारी दिनुभयो ।
