Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

नायक २ बनाउने तयारीमा अनिल कपूर

नायक २ बनाउने तयारीमा अनिल कपूर

images

एजेन्सी

१९, चैत्र २०८०
नायक २ बनाउने तयारीमा अनिल कपूर
images

मुम्बई । गत शनिबार निर्देशक एस शंकर मुम्बईमा अनिल कपूरको घर बाहिर देखिएका थिए। सो भेटका तस्बिर सामाजिक सञ्जालमा पनि आएका छन् । यी दुवै एकसाथ देखिएपछि उनीहरू फिल्म नायक २ बनाउने तयारीमा छन् कि भन्ने अनुमान गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार यी दुईबिच लामो समयसम्म कुराकानी चलेको थियो । त्यसयता चलचित्र नायक २ को चर्चा बढेको छ । शंकरले फिल्मको स्क्रिप्टलाई लिएर अनिल कपुरसँग भेट गरेको बताइएको छ ।

एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो। यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए। फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।

अनिल कपूर पछिल्लो पटक फिल्म फाइटरमा देखिएका थिए । सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, करण सिंह ग्रोवर र अक्षय ओबेरोय देखिएका थिए । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । हालै यो ओटीटीमा पनि रिलिज भएको छ।

images
प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - ०८:०८:५० बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology