Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

वर्षाका कारण पाकिस्तानमा १० जनाको मृत्यु, १२ घाइते

वर्षाका कारण पाकिस्तानमा १० जनाको मृत्यु, १२ घाइते

images

एजेन्सी

१९, चैत्र २०८०
वर्षाका कारण पाकिस्तानमा १० जनाको मृत्यु, १२ घाइते
images

एजेन्सी ।  पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा विगत दुई दिनको अवधिमा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वाको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार मृत्यु हुनेमा आठ बालबालिका र दुई महिला रहेका छन् । घाइतेमध्ये नौ बालबालिका, दुई महिला र एक पुरुषलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षाका कारण प्रान्तभरि कम्तीमा २७ घरमा क्षति पुगेको पीडीएमएले जनाएको छ ।

उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको र मृतक र घाइतेलाई अस्पताल लगिएको छ भने घर भत्किएका व्यक्तिहरूलाई आश्रय र आवश्यक सहायता प्रदान गरिएको प्रान्तीय प्रशासनले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - ०८:०७:४३ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology