कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित कुरिनटारमा अहिले मध्यरात भारतीय कारले एकजनालाई ठक्कर दिएको छ । काठमाण्डौतर्फबाट मुग्लिनतर्फ आइृरहेको युपी ५३ बि ००५०५ नं. को भारतीय कारले अहिले बेलुका करिब ११ बजेतिर ठक्कर दिएको हो ।
कारको ठक्करबाट गोरखाको गाउँपालिका वडा नं. १ बस्ने वर्ष २४ को साधुराम चेपाङ् गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घाईते चेपाङलाई थप उपचारको लागि भरतपुर पठाईएको छ भने चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।