Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिप आँबुखैरेनी गाउँपालिका बन्यो उपबिजेता

सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिप आँबुखैरेनी गाउँपालिका बन्यो उपबिजेता

images

इच्छाकामना न्युज

११, चैत्र २०८०
सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिप आँबुखैरेनी गाउँपालिका बन्यो उपबिजेता
images

चितवन, १० चैत । चितवनमा भएको सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिप प्रतियोगितामा तनहुँको आँबुखैरेनी गाउँपालिका उपबिजेता बनेको छ । शनिबार सम्पन्न उपाधि भिडन्तमा भरतपुरको २८ बिगासँग पराजित भएसँगै आबुखैरेनी गाउँपालिका उपबिजेता बनेको हो । 

फाइनलमा २८ बिगाले आबुखैरेनीलाई २–० ले हरायो । २८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिगाले खेलको ५३ औं मिनेटमा सृजनको गोलमा अग्रता लिएको थियो । 

७७ औं मिनेटमा आँबुखैरेनी ९ खेलाडीमा सीमित भयो । देव गुरुङले दोहोरो पहेँलो कार्ड पाए भने सौगात प्रताप गुरुङले सिधै रातो कार्ड पाए । २८ बिगा पनि १० खेलाडीमा सीमित भयो । उसका सुजित बुढाथोकीले रातो कार्ड पाए । 

आँबुखैरेनी ९ खेलाडीमा सीमित भएको फाइदा उठाउदै २८ बिगाले गोल थप्यो । खेलको अतिरिक्त समयमा सृजनको एसिस्टमा लक्षुले गोल गरेपछि २८ बिगा २–० ले विजयी हुँदै च्याम्पियन बन्यो । एक गोल र एसिस्ट गरेका सृजन म्यान अफ दि म्याच भए । 

विजेता २८ बिगाले तीन लाख ३ हजार प्राप्त गरेको छ । उपविजेतामा सीमित आँबुखैरेनीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । आबुखैरेनीका आकाश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए ।

२८ बिगाका रन्जित चौधरी उत्कृष्ट डिफेन्डर तथा सोही क्लबका गोलकिपर विरेन्द्र सारु मगर उत्कृष्ट गोलकिपर घोषित भए । उनीहरुले जनही ५(५ हजार रुपैयाँ र चौकीडाँँडाबाट प्याराग्लाइडिङको अवसर प्राप्त गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोली सहभागी थिए । 

images
प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - ०९:०१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology