Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शहिद लखनको काहुलेमा सोलार लिफ्टिङ खानेपानी आयोजना संचालन

शहिद लखनको काहुलेमा सोलार लिफ्टिङ खानेपानी आयोजना संचालन

इच्छाकामना न्युज

१०, चैत्र २०८०
शहिद लखनको काहुलेमा सोलार लिफ्टिङ खानेपानी आयोजना संचालन
images

गोरखा । शहीदलखन गाउँपालिका–५ काहुलेमा सोलार लिफ्टिङ खानेपानी आयोजना निर्माण भएको छ । पालिकाको १८ लाख ९४ हजार र रिन्यूयवल वल्ड नेपाल नामक संस्थाको २५ लाख लागतमा आयोजना निर्माण भएको हो । पालिकाको आर्थिक र प्राविधिक सहयोग रहेको उक्त आयोजनामा गोरेटो गोरखाले समेत सहजिकरण गरेको थियो ।

images
images

आयोजनाबाट करिव ४४ घरधुरी लाभान्वित हुने वडा नम्वर ५ का अध्यक्ष यमबहादुर राना मगरले बताए । आयोजनाको बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अघिकृतले संयुक्त रुपमा आयोजनाको उद्घाटन गरेका हुन् ।

आयोजना बनेसँगै खानेपानी वितरणमा सहज हुने बताइएको छ । ‘सोलार बिद्युतभन्दा कम खर्चिलो हुन्छ’, वडाध्यक्ष मगरले भने, ‘विद्युत नआउँदा पनि यसले काम गर्ने हुँदा निकै सहज हुन्छ ।’

images
प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - ११:१४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology