Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राष्ट्रिय भूमि आयोग सरकारले गर्‍यो खारेज

राष्ट्रिय भूमि आयोग सरकारले गर्‍यो खारेज

इच्छाकामना न्युज

९, चैत्र २०८०
राष्ट्रिय भूमि आयोग सरकारले गर्‍यो खारेज
images

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धन परिवर्तन भएसंगै सरकारले आयोग खारेज गर्दै नयाँ गठन गर्दै आइरहेको छ । त्यस कारण भूमिहीनको समस्या समेत समाधान हुन सकेको छैन् ।

images
images

आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दै आएको थियो । आयोगले पछिल्लो समयमा विभिन्न ठाउँमा लालपूर्जा वितरण थालेको थियो । स्थानीय तहहरुबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने, त्यसको प्रमाणीकरण गर्ने र नापी नक्सामा पठाउने काम सुरु भएको थियो ।

नयाँ गठबन्धन बनेकाले आयोग खारेज गरी अहिलेको गठबन्धनको भावना अनुसार नयाँ आयोग गठन गरिने दाबी स्रोतको छ । भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए । निरौला अघि एमाले नेता देवी ज्ञवाली नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएको थियो । ३० भदौ २०७८ मा सरकारले नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघका पूर्व अध्यक्ष निरौलाको नेतृत्वमा आयोग गठन भएको थियो ।

सत्ता गठबन्धनमा एमाले भएको समयमा एमालेकै र कांग्रेस भएको बेलमा कांग्रेसकै नेतालाई आयोगको जिम्मेवारी दिइदै आयोगलाई राजनीतिक भर्तिको केन्द्र बनाएको आरोप समेत लाग्दै आएको छ । अहिले अव्यवस्थित बसोबासीलाई सरकारी जग्गाको लालपूर्जा दिँदा तिर्नुपर्ने मूल्य आधा कम गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । भूमिसम्बन्धी ऐन २०२१ मा भूमि व्यवस्थापन र भूमि सम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरिने उल्लेख छ ।

आयोग खारेज गर्नु उचित नभएको आयोगका प्रवक्ता नहेन्द्र खड्काले बताए । नयाँ सत्ता समिकरण अनुसार आयोग पूर्नगठन गर्न सकिने बताउँदै उनले काम भइरहेको समयमा आयोग नै खारेज नहुनुपर्ने बताए । उनले अहिले ७७ जिल्लामा भूमीहीन सुकुम्बासी, अव्यवस्थित बासोबासीलगायतलाई लालपुर्जा दिनका लागि काम भइरहेको र ३८० बढी कर्मचारी फिल्डमै खटिएको बताए । अब कर्मचारीलाई के गर्ने भन्ने विषयमा उनले चिन्ता व्यक्त गरे ।

यस अघि बिभिन्न समयमा सरकार र सत्तारुढ गठबन्धन परिवर्तन भएसंगै आयोग बिघटन र नयाँ गठन हुदै आएको छ । १४ वटा आयोग बने र खारेज भईसकेका छन् । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २ वैशाख ०७७ मा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । आयोग गठन गरेर लगत संकलन, लालपुर्जा वितरण गर्ने काम गर्दै थियो ।

तर एमाले अध्यक्ष ओली नेतृत्वको सरकार परिवर्तन भएर काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । उक्त सरकारले अघिल्लो सरकारले गठन गरेको आयोग विघटन गर्दै ३० भदौ ०७८ मा राष्ट्रिय भूमि अयोग गठन गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - ०७:३८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology