Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

म्यानचेस्टरका खेलाडी माथि लागेको बलात्कारको मुद्दामा सुनवाइ

म्यानचेस्टरका खेलाडी माथि लागेको बलात्कारको मुद्दामा सुनवाइ

images

एजेन्सी

८, चैत्र २०८०
म्यानचेस्टरका खेलाडी माथि लागेको बलात्कारको मुद्दामा सुनवाइ
images

ब्राजिलको न्याय प्रणालीले म्यानचेस्टर सिटी र रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोबिन्होलाई दक्षिण अमेरिकी देशमा इटालियन अदालतले सुनाएको ९ वर्षको बलात्कारको सजाय सुनाउने कि नसुनाउने निर्णय गर्ने भएको छ ।

ब्राजिलको सुपीरियर कोर्ट अफ जस्टिसले २०१७ मा लगाइएको र २०२२ मा अनुमोदन गरेको जेल सजाय स्वीकृत गर्न इटालियन अनुरोधको जाँच गर्ने भएको हो ।

‘मलाई आशा छ कि यहाँ ब्राजिलमा मैले त्यो आवाज पाउन सक्छु, जुन मसँग थिएन,’ रोबिन्होले आफ्नो निर्दोषताका बारेमा ब्राजिलियन नेटवर्क टिभीसँग कुराकानीको क्रममा भनेका थिए ।

सन २०१३ मा मिलानको एक नाइटक्लबमा उनको २३ औँ जन्मदिन मनाइरहेकी एक युवती अल्बेनियाली महिलालाई सामूहिक बलात्कार गर्ने ६ जना पुरुषको समूहमा परेकोमा दोषी ठहरिएका थिए ।

ब्राजिलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी रोबिन्हो त्यतिबेला एसी मिलानबाट आफ्नो फुटबल खेलिरहेका थिए। सोही अभियोगमा इटालीको सर्वोच्च अदालतले उनको सजायँ कायम राख्यो र इटालियन अभियोजकहरूले उनलाइ अन्तर्राष्ट्रिय गिरफ्तारीका लागि वारेन्ट जारी गरेका थिए ।

यद्यपि ब्राजिलले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्दै रोबिन्होलाइ इटालीको सट्टा आफ्नो देशमा सजाय भोग्न आग्रह गरिएको थियो । जसको फैसाला ब्राजिलमा हुँदै छ । 

तर गत आइतबार रोबिन्होले इटालियन न्याय प्रणालीलाई ‘जातिवाद’ को आरोप लगाएका छन् । 

‘जे भएको थियो, त्यो सहमति थियो,’ रोबिन्होले भने, ‘मैले यसलाई कहिल्यै अस्वीकार गरिन, म यसलाई अस्वीकार पनि त गर्न सक्थेँ किनभने मेरो डीएनए त्यहाँ थिएन, तर म झूटो होइन।’

उनले अगाडी भने, ‘मैले इटालीमा चार वर्ष खेलेँ र नस्लवादका घटनाहरू देखेर थकित भएँ, उही मानिसहरू जसले नस्लवादको बारेमा केही गर्दैनन्, जसलाई म अस्वीकार गर्छु, मलाई निन्दा गर्नेहरूलाई भने म घृणा गर्छु ।’

images
प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - ०८:०२:२४ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology