Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गोरखाको बुटारमा १०० मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनाको काम सुरु

गोरखाको बुटारमा १०० मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनाको काम सुरु

पत्रपत्रिका

६, चैत्र २०८०
गोरखाको बुटारमा १०० मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनाको काम सुरु
images

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा सुपर त्रिशुली जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । १९ अर्व लागतमा ब्लु इनर्जी प्रालिले आयोजना निर्माण थालेको हो । उक्त आयोजना १०० मेगावाट क्षमताको रहने प्रालिका निर्देशक निरन्जन रेग्मीले बताए । काठमाण्डौको सिई कन्स्ट्रक्शन(निर्माण कम्पनी)सँग ठेक्का सम्झौता भएर काम अघि बढाइएको उनले जानकारी दिए । ‘सिभिल र हाइड्रो मेकानिकल कामका लागि सिईसँग ११ अर्वमा ठेक्का सम्झौता गरेका छौँ,’ उनले भने, ‘इलेक्ट्रोनिक मेकानिकलका लागि छुट्टै कम्पनीसँग ठेक्का सम्झौता गर्छौ ।’ २०२३ मार्च १६ मा सम्झौता भएर काम अघि बढेको उनले जानकारी दिए ।

images
images

आयोजना अन्तरगत अहिले विद्युत गृह(पावर हाउस) निर्माणका लागि जग खन्ने काम भइरहेको छ । साथै गोरखाको गण्डकी गाउँपालिका (बुटार) र चितवनको इच्छाकामना गाउँपालिका (चुम्लिङटार) जोड्ने त्रिशुली नदीमाथि बेलिब्रिज पनि बन्दै छ । आयोजनाका लागि भन्दै करिव १४ करोड खर्चेर प्रालि आफैले बेलिब्रिज निर्माण गर्न लागेको हो । बेलिब्रिजको सामग्री भने सडक योजना कार्यालय गोरखाले उपलब्ध गराएको प्रालिले जनाएको छ । बैशाख महिनाभित्र बेलिब्रिज तयार गर्ने योजना प्रालिको छ ।

नदी प्रवाह (रन अफ रिभर) मा आधारित नेपालको यो नै पहिलो आयोजना भएको प्रालिले दावी गरेको छ । ‘यसमा सुरुङ हुदैन, बाँधसँगै विद्युत गृह हुन्छ, यो मोडलको जलविद्युत आयोजना नेपालमा अहिलेसम्म बनेको छैन, यो नै पहिलो हो,’ वातावरण इन्जिनियर एवं आयोजनाका परामर्शदाता सलिल देवकोटाले भने । समुन्द्री सतहदेखि २ सय ७५ मिटरमाथि बाँध बनेर पानीको ताल बन्ने उनले बताए । उनका अनुसार यस आयोजनामा ‘होरिजेन्टल बल्ब’ प्रकारको तीनवटा टरवाइन प्रयोग हुने छन् । टरवाइनहरु ३४.३६ मेगावाट क्षमताको रहने छन् ।

आयोजनाले करिव २४ हेक्टर क्षेत्रफल जमिन ओगट्ने बताइएको छ । करिव ४० रोपनी निजी जग्गा खरिद समेत गरिसकेको प्रालिले जनाएको छ । ‘केही क्षेत्र वनको पनि पर्छ, दुई हजार जति रुख काट्नुपर्ने देखिएको छ,’ प्रालिका निर्देशक रेग्मीले भने, ‘हामीले एउटा रुख काटे वापत दश वटा रोप्ने र पाँच बर्षसम्म हामीले हेरचाह गर्ने प्रतिवद्धता सहित नेपाल सरकारसँग अनुमति लिइसकेका छौ ।’ आयोजना क्षेत्रमा पर्ने ६ वटा घाटहरु आयोजना बनेपछि सोही ठाउँमा पुनस्र्थापना गरिदिने उनले जानकारी दिए । माछालाई आवतजावतमा अवरोध नहोस् भन्ने उदेश्यले बाँधमा माछाको भ¥याङको व्यवस्था गरिने उनले बताए ।

चार बर्षभित्र आयोजनाको काम सक्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिने छ । आयोजना बनेपछि स्थानीयले बहुपक्षीय लाभ लिन सक्ने बताइएको छ । ‘स्थानीयले रोजगार पाउछन्, व्यापार व्यवसायमा बृद्धि हुन्छ, बाँधमाथि बन्ने तालमा केज माछापालन, नौका बिहार संचालन गर्न सकिन्छ, फेरि तालको छेउछाउ होटल व्यवसाय पनि संचालन गर्न सकिन्छ,’ वातावरण इन्जिनियर देवकोटाले भने । पर्यटन प्रवद्र्धनमा समेत आयोजनाले सघाउ पु¥याउने उनले जानकारी दिए ।

प्रालिले २०६६ सालमै सर्भे लाइसेन्स लिएको थियो । २०७२ सालको भूकम्प अगाडि टेन्डर निकालेर चाइनिज कम्पनीलाई काम दिइएको थियो । तर कोरोनाका कारण चाइनिज कम्पनीले काम सम्पन्न गर्न सकेन । वित्तिय व्यवस्थापन समयमै नगरेको भन्दै विद्युत बिकास बिभागले प्रालिको लाइसेन्स पनि खारेज गरिदिएको थियो । पछि मुद्दा गरेर जितेपछि पुन लाइसेन्स प्राप्त गरेको प्रालिले जनाएको छ । २०७४ सालमा विद्युत उत्पादन लाइसेन्स पाएको प्रालिले २०७५ मा विद्युत खरिद बिक्री सम्झौता गरेको हो । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - ११:२६:१५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology