Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जसले छोराको मृत्युपछि एकल बनेकी बुहारीको आफैँले बिहे गरिदिए

जसले छोराको मृत्युपछि एकल बनेकी बुहारीको आफैँले बिहे गरिदिए

इच्छाकामना न्युज

५, चैत्र २०८०
जसले छोराको मृत्युपछि एकल बनेकी बुहारीको आफैँले बिहे गरिदिए
images

गुल्मीको एउटा परिवारले आफ्नो छोराको मृत्युपछि एकल बनेकी बुहारीको आफैँले अर्काे बिहे गराइदिएको छ।

images
images

गुल्मीको शान्तिपुर घर भई रुपन्देहीको बुटवल बस्ने लक्ष्मीधर गौतमको परिवारले छोरा ध्रुव गौतमको मृत्यु भएको ३ वर्षपछि उनकी पत्नी धना न्यौपानेलाई यही चैत ३ गते अन्माएर पठाएको हो। 

श्रीमतीसँगै बुटवलमा इलेक्ट्रोनिक्स पसल सञ्चालनका क्रममा ३ वर्षअघि करेन्ट लागेर ध्रुवको मृत्यु भएको थियो। उनी २७ वर्षका थिए। ध्रुव र धनाबीच २०७४ मा विवाह भएको थियो। उनीहरूका सन्तान भने भएका थिएनन्।

२४ वर्षकै उमेरमा एकल बनेकी बुहारी धनाको मर्म बुझेर उनले मन पराएको अमृत पौडेलसँग बिहे गराइदिएको हो।

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - ०८:३५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology