Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत जलविरेमा रोखिराखेको ट्रकमा बस ठोक्कियो, १ को मृत्यु, ४ घाईते

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत जलविरेमा रोखिराखेको ट्रकमा बस ठोक्कियो, १ को मृत्यु, ४ घाईते

images

इच्छाकामना न्युज

४, चैत्र २०८०
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत जलविरेमा रोखिराखेको ट्रकमा बस ठोक्कियो, १ को मृत्यु, ४ घाईते
images

जलविरे । मुग्लिन–नारायणगढ सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा टायर पञ्चट भई रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोक्किएको छ । आज बिहान २ः४० बजेको समयमा रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बसले रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार एक जना विरामी यात्रुको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

घाइते हुनेमा ट्रक चालक पर्सा विरगन्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षको हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने बर्ष २५ की पुजा गुप्ता, भारत सितामढि जिल्ला रमनगरा बस्ने बर्ष ३२ को अम्बर नाथ कुमार  र भारत विहार राज्य मजापुर जिल्ला बस्ने बर्ष ३९ कि रिता गुप्ता ९सामान्य० रहेका छन् ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस चालक नवलपरासी ९सुस्तापुर्व० कावासोती नगरपालिका–१४ बस्ने बर्ष ३९ को लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - ०९:०१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology