Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित १ जना पक्राउ

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित १ जना पक्राउ

images

इच्छाकामना न्युज

३, चैत्र २०८०
आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित १ जना पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारबाट अवैध लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनी अन्तर्गत अस्थायी प्रहरी चौकी पुलजीपबाट खटिएको प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा शुक्रबार बिहान करिब साढे ६ बजेतिर अवैध लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही साबिक पट्खौली ३ घर बताउने बर्ष २८ को जनक हरिजन रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रहरीले चेकजाँच गर्ने क्रममा मुग्लिनबाट पोखरा तर्फ आउदै गरेको ना ५ ख ४०३३ नं. को बसमा सवार निजको साथबाट पहेलो बोराको झोलामा लुकाई छिपाई राखेको लागु औषध डाईजोपाम ४७ एम्पुल,नोर्फिन ४७ एम्पुल, फेनरागन ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल लागु औषध बरामद गरेको छ ।


साथै पक्राउ परेका निज जनक हरिजनलाई जिल्ला अदालत तनहुँबाट दिन ७ दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको छ । 

images
प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - २२:४५:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology