Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अछाममा छाउगोठ भत्काउने दोस्रो चरणको अभियान प्रभावकारी बन्दै 

अछाममा छाउगोठ भत्काउने दोस्रो चरणको अभियान प्रभावकारी बन्दै 

इच्छाकामना न्युज

२३, माघ २०७७
अछाममा छाउगोठ भत्काउने दोस्रो चरणको अभियान प्रभावकारी बन्दै 
images

एकेन्द्र खत्री, अछाम, २३ माघ । अछाममा छाउगोठ भत्काउने दोस्रो चरणको अभियान प्रभावकारी बन्दै गएको छ । पहिलो चरणमा भत्काइएका छाउगोठ स्थानीयले पुनः बनाएर गोठमै बस्न थालेपछि जिल्ला प्रसासान कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा मङ्सिर ४ गतेबाट जिल्लामा सुरु भएको अभियानमा अहिले स्थानीयहरू पनि सकारात्मक बनेका छन् । 
अभियानको दोस्रो चरणमा अहिलेसम्म ७ सय ७४ वटा छाउगोठ भत्काइएका छन् । छाउगोठमा बसेर किशोरी तथा महिलाहरुको जीवन नै खतरामा पर्न थालेपछि प्रहरी र स्थानीय सरकारको अगुवाइमा छोउगोठ भत्काउने अभियान सुरु गरिएको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कुल बहादुर शेट्ठीले बताउनुभयो । छाउगोठ मुक्त समाज निर्माणमा क्रियाशील रहेको कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक नेपाल)ले जिल्लाको साँफेबगरमा रूपान्तरण गृह स्थापना गरी महिला तथा किश्वरीहरुलाई मर्यादित महिनावारिका बारेमा जानकारी गराउने गरेको छ ।  
विगतको भन्दा अहिले महिलाहरूमा धेरै सकारात्मक सोच पलाएको र पुरुषहरुले पनि महिलाहरुलाइ छाउगोठ पठाउन छोडेको अधिवक्ता रञ्जला प्याकुरेल बताउनुहुन्छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी योगेन्द्र सिंह थापाका अनुसार दोस्रो चरणको छाउगोठ भत्काउने अभियान सञ्चालन गर्दा एउटा घरमा २ ओटासम्म छाउगोठ बनेका थिए । 
तर अहिले प्रहरीको गस्ती टोली गाउँ गाउँमा गएर छाउगोठ भत्काइरहेको छ ।छाउगोठमा बस्नु वा बस्न बाध्य पार्नुलाइ कानुनले अपराध मानेको छ । यदि कोही छाउगोठमा बसे वा बस्न बसाएमा तीन महिना सम्म जेल, तीन हजार रुपैंया जरिवाना वा दुबै हुन सक्ने व्यवस्था कानुनमा छ । 

images
images

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १०:२५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology