Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आँबुखैरेनी गाउँपालिका सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

आँबुखैरेनी गाउँपालिका सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

images

इच्छाकामना न्युज

३, चैत्र २०८०
आँबुखैरेनी गाउँपालिका सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
images

आँबुखैरेनी। रामपुर एफसी रड्सविरुद्ध सहज जित हात पार्दै आँबुखैरेनी गाउँपालिका सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आँबुखैरेनीले रामपुर रड्सलाई १ का विरुद्ध ३ गोलले हरायो । आँबुखैरेनीको जितमा कप्तान शन्त गुरुङले दुई तथा अबायमीले एक गोल गरे । रड्सका कप्तान अनिल राना मगरले एक गोल फर्काए । 

खेलको चौथो मिनेटमा नै आँबुखैरेनीले गोल गर्दै अग्रता लिएको थियो । जितेश गुरुङको पासमा गोल गर्दै शन्तले आँबुखैरेनीलाई अग्रता दिलाए । पहिलो हाफमा नै रड्सले बराबरी गोल फर्कायो । उसका लागि कप्तान अनिलले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । 

IMG_20240315_184737.jpg

दोस्रो हाफमा आँबुखैरेनीले दुई गोल थप्यो । दोस्रो हाफको चौथो मिनेट अबायमीले गोल गर्दै आँबुखैरेनीलाई २(१ को अग्रता दिलाए । दोस्रो हाफको १५ औं मिनेटमा शन्तले व्यक्तिगत दोस्रो गोल गरेपछि आँबुखैरेनी ३–१ ले विजयी भयो । शन्त नै म्यान अफ दि म्याच भए । 

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । चौथो तथा अन्तिम क्वाटरफाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) भण्डारा एफसी रड्स र गैंडाकोट एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - २२:२३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology